top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

इमेजको विशेष समारोह आज, वरिष्ठ पत्रकार दीक्षितलाई १ लाख राशीसहित मिडिया सम्मान  |  Published: February 26, 2014  |  बुद्धबार 14 फागुन, 2070  |  6:04 PM  |  Viewed: 919 times

काठमाडौं, फाल्गुन १४ । इमेज च्यानलले स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा आज विशेष समारोहको आयोजना भइरहेको छ । २०५३ साल माघ १ गतेदेखि नेपाल टेलिभिजनको डेढ घण्टाको बिहानी समयबाट प्रसारण आरम्भ गरेको इमेज च्यानलले २०५९ माघ १७ गतेदेखि टेरेस्टेरियल प्रविधिबाट इमेज मेट्रो च्यानलको प्रसारण सुरू गरेको हो ।

२०६३ माघ ११ देखि चौबिसै घण्टा स्याटेलाइटमार्फत इमेज च्यानल प्रसारण भैरहेको छ । योसँगै इमेज च्यानलबाट इमेज एफएम ९७.९, इमेज न्यूज एफएम १०३.६ र अनलाइन संस्करणको रूपमा इमेजच्यानल्स डट कम तथा इमेजखबर डटकम पनि नियमित प्रसारण–प्रकाशनमा छन् ।

इमेज च्यानलले गत वर्षदेखि वार्षिकोत्सवका अवसरमा इमेज मिडिया सम्मानको परम्परा पनि सुरू गरेको छ । त्यसलाई निरन्तरता दिँदै यो वर्ष नेपाली पत्रकारिता क्षेत्रका एक मूर्धन्य व्यक्तित्व वरिष्ठ पत्रकार मदनमणि दीक्षितलाई एक लाख रुपिया राशिसहित इमेज—एसियन पेन्टस् मिडिया सम्मान प्रदान गरिँदै छ ।

होटल र्‍याडिसनमा अहिले हुने वार्षिकोत्सव समारोहको इमेज च्यानल टेलिभिजन, इमेज एफएम ९७.९ र इमेज न्यूज एफएम १०३.६ बाट प्रत्यक्ष प्रसारण गरिने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell