top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

नौं बर्ष वित्यो धारमा पानी आएन  |  Published: March 7, 2014  |  शुक्रबार 23 फागुन, 2070  |  3:55 PM  |  Viewed: 1012 times

काठमाडौं, फाल्गुन २३ ।  काठमाडौँको डल्लु आवास क्षेत्रका वासिन्दाले नौ बर्षदेखि धारामा पानी नआएको गुनासो गरेका छन् । काठमाडौँ क्षेत्र नंबर ८ बाट निर्वाचित सभासद् नविन्द्रराज जोशीसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पुगेका डल्लु आवास क्षेत्रका वासिन्दाले धारामा पानी नआए पनि महसुल भने तिरिरहनु परेको गुनासो गरेका छन् ।

justify;">डल्लु आवास स्थानीय सहयोग समितिका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले कुनै बेला डल्लु क्षेत्रमा भूमिगत रुपमा पानीको समस्या पनि बढ्दै गएकाले खानेपानीको वैकल्पिक व्यवस्था गर्न माग गरे ।

सो अवसरमा सभासद् जोशीले काठमाडौँ उपत्यकामा खानेपानी पु¥याउन नसक्ने इलाकालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने र ट्याङ्करबाट खानेपानी वितरण गर्न केयुकेएलसँग आग्रह गरे ।

उनले खानेपानीको समस्या हल गर्न ढुङ्गेधारा र इनारको मर्मत गर्नुपर्ने, लोडसेडिङको तालिका भैंm खानेपानी वितरणको तालिका पनि सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने लगायतका थिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका निमित्त महाप्रबन्धक चन्द्रमान नकर्मीले भने चैतको पहिलो सातादेखि वैकल्पिक व्यवस्था गरेर भए पनि खानेपानीको आपूर्ति गरिने आश्वासन दिए ।

केयूकेएलले हप्तामा ५ दिनदेखि १० दिनसम्म बिराएर राजधानीमा पानी वितरण गर्ने गरेको र धारामा पानी पु¥याउन नसकिएको क्षेत्रमा ट्याङ्करबाट पानी वितरणको व्यवस्था मिलाएको दाबी गरेको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell