top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

रिसाहा व्यक्तिलाई हृदयघातको खतरा !  |  Published: March 17, 2014  |  सोमबार 3 चैत, 2070  |  3:53 PM  |  Viewed: 1725 times

काठमाडौं, चैत्र २ । रिसाहा ब्यक्तिलाई अन्यको ब्यक्तिको तुलनामा ह्दयघातको सम्भावना बढी रहेको एक अनुसन्धानबाट खुलेको छ । अमेरिकी शोधकर्ताहरुले हालै सार्वजनिक गरेको तथ्यांकमा रिसाहा ब्यक्तिलाई रीस उठेको दुई घण्टाभित्रमा ह्दयघात हुने सम्भावना रहेको छ ।

हार्वड स्कूल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले महिनामा एकचोटी रिसाउने ब्यक्तिमा ह्दयघातको सम्भावना कम रहेको तर महिनामा ५ पटकसम्म रिसाउने ब्यक्तिलाई ह्दयघातको सम्भावना तीब्र रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

दश हजार रिसाह ब्यक्तिलाई सामेल गरी गरिएको अनुसन्धानमा दिनमा पाँचचोटी रिसाउने ब्यक्तिमा बर्षमा ६ सय ५७ चोटी ह्दयघात हुने गरेको पाइएको छ । साथै शोधमा रीसका कारण ब्यक्तिको रक्तसन्चारमा समस्या आउने र रक्तनलीसमेत बन्द हुने गरेको बताइएको छ ।

यसैगरी, ज्यादा तनाव र मुटुको रोगीमा पनि रक्त सन्चारमा बाधा पुग्ने हुनाले ह्दयघात हुन सक्ने सम्भावना बढी रहेको बताइएको छ । शोधकर्ताहरुले ज्यादा रीस उठ्ने ब्यक्तिले अनिवार्य रुपमा योग गर्न पनि सल्लाह दिएका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell