top
ImageKhabar
शुक्रबार, 27 मंसिर, 2076 Friday, December 13, 2019

ImageKhabar Archive

भाषण गर्दागर्दै राष्ट्रपतिले पाइन्टमै पिसाब फेरेपछि ! (भिडियोसहित)  |  Published: March 20, 2014  |  बिहीवार 6 चैत, 2070  |  9:01 AM  |  Viewed: 16516 times

काठमाडौं, चैत्र ६ । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुल सान्तोसले एक कार्यक्रममा कयौं व्यक्तिका सामुन्नेमै पाइन्टमा पिसाब फेरेका छन् । चुनावी भाषणका क्रममा भएको यस घटनापछि राष्ट्रपति जुआन म्यानुलको स्वास्थ्यका विषयमा सवाल उठेको ‘डेली मेल’ले जनाएको छ ।

६२ वर्षीय जुआन सो समयमा उत्तरी कोलम्बियास्थित तटीय सहर बारानक्विलामा आफ्ना सर्मथकमाझ भाषण दिइरहेका थिए । यसै क्रममाउनको पाइन्टमा दाग देखिन थाल्यो । त्यहाँ उपस्थित कुनै एक व्यक्तिले जुआनको उक्त क्षणको भिडियो बनाए र त्यसलाई इन्टरनेटमा सेयर गरे । भिडियो यतिबेला इन्टरनेटमा छ्यापछ्याप्ती भइसकेको छ ।

सन् २०१२ मा प्रोस्टेट क्यान्सरको सर्जरी गराइसकेका जुआनले पाइन्ट भिजिसकेपछि पनि आफ्नो भाषण रोकेनन् । चिकित्सकहरुले सर्जरीपछि उनलाई प्रोस्टेट क्यान्सरबाट राहत मिल्ने सम्भाावना ९७ प्रतिशत रहेको विश्वास दिलाएका थिए । उक्त सर्जरीपछि जुआनले आफू पूर्ण रुपमा ठीक भएको मिडियालाई बताएका थिए ।

हार्वड स्कुल अफ इकोनोमिकमा ग्राजुएट जुआन सन् २०१० मा कोलम्बियाका राष्ट्रपति चुनिएका थिए । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell