top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

चलचित्र ‘धुन’को ट्रेलर सार्वजनिक, बैशाख १८ मा रिलिज हुने  |  Published: April 5, 2015  |  आईतवार 22 चैत, 2071  |  3:15 PM  |  Viewed: 2040 times

काठमाडौं, चैत्र २२ । चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैसाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

सांगीतिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्वन्द्वात्मक पक्षलाई जोडिएको छ ।

केहि महिना पहिले सार्वजनिक गीतले चलचित्र बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ पाइरहँदा चलचित्र हलमा आइसकेपछी पनि दर्शकको साथ पाउनेमा निर्माण टिम आशावादी छ ।

रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई ब्यापकता दिने गरी अघी बढ्ने योजना स्वरुप ट्रेलर सार्वजनिक गरेको निर्मात्री तथा प्रस्तुतकर्ता मालती शाहले बताइन् ।

‘धुन’को सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात चलचित्रले दर्शकको राम्रो साथ पाउने मालतीको आशा छ ।

जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको चलचित्र ‘धुन’मा मालती सँगै सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ, भने संगीत लक्की सिटौलाले भरेका छन् । यो चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell