top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

गीतमा एकजना गायकको मार्मिक‘लभस्टोरी’ (भिडियोसहित)  |  Published: April 9, 2015  |  बिहीवार 26 चैत, 2071  |  2:29 PM  |  Viewed: 5628 times

काठमाडौं, चैत्र २६ । प्रेमिकासँग बिताएका क्षणहरु एउटा गायकले कसरी सम्झन्छ भन्ने यथार्थ दृश्यबाट प्रष्ट हुन सकिन्छ ।

ईमेज च्यानलले आयोजना गर्ने ‘इमेज अवार्ड’ मार्फत २०६९ सालको उत्कृष्ट नव गायको उपाधि चुमेका गायक सन्तोष गुरुङले एउटा भिडियोमा गायक तथा मोडल बनेर आफ्नो वास्तविकतालाई छर्लङ्ग पारेका छन् ।

style="text-align: justify;">‘मेमोरिज’ एल्बमको ‘सुनसान रात, तिमी र म..’ बोलको गीतमा इमेज अवार्ड चुमेका उनले पछिल्लो गीत ‘म त सँधै..’ मा आफै अभिनय गरेर आफ्नो कौशलता प्रस्तुत गरेका छन् ।

करिब आधा दर्जन म्यूजिक भिडियोमा निर्देशकको भूमिका निर्वाह गरिसकेका गायक गुरुङले डेढ दर्जन गीतमा स्वर दिइसकेका छन् ।

केही साता यता देखि टेलिभिजन च्यानलहरुमा प्रशारण भइरहेको ‘म त सँधै’ बोलको गीतको भिडियोमा उनले एकान्त स्थलमा बसेर प्रेमिकासँगका क्षणहरु गीतमार्फत सम्झिएका छन् ।

रुपा ढकालको शब्द तथा मोहित मुनालको संगीत रहेको गीतको भिडियोमा दिपिका सुयालले साथ दिएकी छिन् ।

अशोक कुमार बस्नेतले छायाङन गरेको भिडियोलाई ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका छन् ।

गायक स्वयमको निर्देशन रहेको भिडियो काठमाडौंका भित्री बजारहरु तथा भक्तपुरका रमणीय स्थलहरुका दृश्य कैद गरिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell