top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

डाक्टर होइन मोडल बन्छु: सोफिया तस्विर सौजन्यः नबिन गुरुङ  |  Published: April 16, 2015  |  बिहीवार 3 बैशाख, 2072  |  10:51 AM  |  Viewed: 6402 times

काठमाडौं, बैशाख ३ । अधिकांश विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर प्रश्न गर्‍यो भने डाक्टर, पाइलट भन्ने जवाफ आउँछ । तर पेप्सीकोला, भक्तपुरकी सोफिया न्यौपाने मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छिन ।

निकेश खडकाले निर्देशन गरेको एउटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनी ५ फिट चार इन्च अग्ली छिन ।

justify;">२१ बर्षिया सोफियाले दार्जिलिङको रेबोन मेमोरियल स्कुलबाट माध्यमिक सिद्धाएकी हुन । स्कुल स्तरका नृत्य प्रतियोगिताहरुमा धेरैपटक उपाधि जितिसकेकी उनलाई र्‍याम्पमा पनि सक्रिय हुने मन छ ।

बेङ्गलोरको इष्ट पोइन्ट कलेजबाट साइन्समा प्लस टु सकेपछिको फूर्सदको समयलाई उनी अभिनय कलालाई मजबुत पार्न क्रियाशिल छिन । परिवारबाट डाक्टर पढ्न दबाब भए पनि उनी मोडलिङ्ग क्षेत्रमै रमाउने योजना बनाइसकेकी छिन् ।

विभिन्न वेभसाइटहरुमा फोटोसुट गरिसकेकी उनी चाँडै नै अर्को म्यूजिक भिडियोमा अभिनय गर्ने भएकी छिन । सर्ट–पाइन्टलाई कम्र्फटेवल पहिरनका रुपमा सजिएर हिडडुल गर्न रुचाउने शोफियालाई ‘भल्गर’ सिनहरुमा भने पटक्कै रुची छैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell