top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

चर्चामा जीवन र नीताको जोडी (भिडियोसहित)  |  Published: April 18, 2015  |  शनिबार 5 बैशाख, 2072  |  9:43 AM  |  Viewed: 5609 times

काठमाडौं, बैशाख ५ । पछिल्लो नेपाली पर्दामा सफल जोडीको रुपमा मानिन्छ, अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडी । २ बर्ष पहिले प्रदर्शनमा आएको  चलचित्र 'नोटवुक' देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहँदा  अब भने जीवन र नीताको जोडी पुनःपर्दामा आउन तयार छ चलचित्र ‘धुन’ मार्फत ।

style="text-align: justify;">यही बैशाख १८ बाट प्रदर्शनको तयारीमा रहेको म्युजिकल लभ स्टोरीमा आधारित ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ ।

सांगितिक पक्ष सशक्त रहेको ‘धुन’को सार्वजनिक गीतले राम्रै चर्चा बटुलिरहँदा जीवन र नीता पुनः दर्शकलाई मनोरञ्जन दिन फिट रहेको अनुमान छ । नेपाल बाहिर रहेकोले पब्लिसिटीमा उत्रिन नसकेका जीवन यो चलचित्रको रिलिजको आसपासमा नेपाल फर्किँदैछन् ।

‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

दर्जनौँ चलचित्रमा सहायक निर्देशक बनेसँगैको अनुभवलाई पहिलो पटक मुख्य निर्देशनमा खर्चेका कृष्ण चलचित्र पुर्ण मनोरञ्जनको खुराक बनेको बताउँछन् ।

'लंका' चलचित्रमा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो चलचित्र 'झोला' सर्वाधिक सफल चलचित्रको सुचीमा परिरहँदा यो चलचित्रले पनि ‘लक’ लगाउने आशामा उनीहरु छन् । चलचित्र ‘धुन’लाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell