top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक(भिडियोसहित)  |  Published: April 19, 2015  |  आईतवार 6 बैशाख, 2072  |  3:54 PM  |  Viewed: 6243 times

काठमाडौं, बैशाख ६ । यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । हिजो भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन् ।

उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्डको प्रतिनिधित्व गर्नेछिन् ।

निर्णायकको अन्तिम प्रश्न अबको १५ बर्षमा आफूलाई कस्तो अवस्थामा देख्नु हुनेछ भन्नेमा आफू ब्यक्तिगत रुपमा र पेशागत दुबैका माध्यमले बिकासमा लाग्नेछु भन्ने जवाफ इभानले दिएकी थिइन् ।

इभाना अमेरिकामा मार्केटिङ बिषयमा स्नातक गरिरहेकी बिद्यार्थी हुन् । उपाधीसंगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी थिइन् ।

प्रतियोगितामा दिब्यता बैद्य फस्र्ट रनर अप घोषित भइन् भने मेधा कोइराला सेकेण्ड रनर अप घोषित भइन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell