top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु  |  Published: April 19, 2015  |  आईतवार 6 बैशाख, 2072  |  5:52 PM  |  Viewed: 634 times

काठमाडौं, बैशाख ६ । राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महोत्सवमा देशका विभिन्न जिल्लाबाट झण्डै दुई सय नाट्यकर्मीको सहभागिता छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा ७ वटा नाट्य समूह सहभागि छन् । महोत्सवमा नारायणी कला मन्दिर चितवन, मोरङ्गको झोराहाट नाट्य समूह, मकवानपुरको तरङ्गग सांस्कृतिक परिषद्, ललितपुरको सुम्निमा थिएटर एकेडेमी, विराटनगरको आरोहण र जनकपुरको मिथिला नाट्यकला परिषद्लगायत समूहले नाटक देखाउने छन् ।

महोत्सवको गृहमन्त्री बामदेव गौतमले उद्घाटन गरे । देशभरका नाट्य कलाकारलाई मञ्च प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले जानकारी दिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell