top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

मञ्चमा ‘कुमारजी आज्ञा गर्नुुहुन्छ’  |  Published: April 25, 2015  |  शनिबार 12 बैशाख, 2072  |  9:11 AM  |  Viewed: 1569 times

काठमाडौं, बैशाख १२ ।  त्यस्तो कुनै दिन छैन पत्रिका टेलिभिजनमा महिला बलात्कार र हिसांमा परेको समाचार नआएको । यिनै घटनाहरुलाई विम्वीत गर्दै काठमाडौंको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा नाटक ‘कुमारजी आज्ञा गर्नुुहुन्छ’ मञ्चन भइरहेको छ ।

यो नाटकले महिला हिंसाको मुद्दालाई उठाएको छ । अत्याधिक नेपालीले घरघरमा पढ्ने श्री स्वास्थानी वर्तकथामा सत्तरी बर्षको बृद्धले सात बर्षिय गोमासंग गरको विवाहलाई मिथ बनाइएको यो नाटकमा बलात्कारका र बलात्कार पछिको हत्याको श्रृखलांलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

सर्वनाम थिएटरले ३४ बर्ष पाइला टेकेको उपलक्ष्यमा मञ्चन गरेको यो नाटकले नेपाली समाजमा बढ्दै गएको, महिला हिंसा र प्रशासन र सम्वन्धित निकायको बेवास्तालाई तिखो ब्यङ्ग गर्ने प्रयास गरेको छ ।

समाजका घटना देखेर पनी आखा चिम्लीने र देखेको नदेखेजस्तो गर्ने प्रवृति, प्रशासनको लाचारीपन, घटना घटाएर पनी उच्च मनोवलका साथ डुल्ने अभियुक्तहरु आचरणलाई पनी उदाङ्गो पारेको छ ।

खुल्ला रुपमा हिड्ने अभियुक्तहरु, रात दिन बलात्कृत र मृत्युको मुखमा धकेलिने गोमाहरु र कानुनको ढोका ढकढक्याउदा ढक्याउदा न्याय नपाउने पिडीत,  घटिरहेको महिला हिंसाले समाजलाई कता धकेल्दैछ भन्ने दृष्टान्तलाई नाटकले उजागर गर्ने प्रयास गरेको छ ।

साधरण सेट र साजसज्जा गरेरै नाटक गर्ने सर्वनामले यो पट पनि त्यसलाई निरन्तरता दिएको छ  । मञ्चमा कुनै साझसज्जा र सेट छैनन । फिजिकल र मितब्ययी रंगमञ्चको समेत प्रयोग गरिएको यो नाटकमा विभिन्न हाउभाउ र नृत्य मार्फत नाटकलाई अझै रोचक बनाइएको छ ।

अशेष मल्लको लेखन, निर्देशन तथा मतिना मानन्धरको कोरियोग्राफी तथा रहेको यो नाटकमा ओममणि शर्मा, मीना खड्का, श्याम खड्का, साधना भण्डारी, कौशल पण्डित, राज शाह, आदित्य शर्मा, अर्जुन न्यौपाने, सुप्रिया राना, सविना गोपाली, शिशिर सिवाकोटी, सिता राना, विकास लम्साल, र आस्का सुब्बाको अभिनय रहेको छ ।

नाटक यही बैशाख २३ गते सम्म बिहिवार बाहेक हरेकदिन साँझ ५ः१५ बजे सर्वनाम थिएटर कालिकास्थानमा मञ्चन हुनेछ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell