top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

बरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको निधन  |  Published: April 25, 2015  |  शनिबार 12 बैशाख, 2072  |  10:19 AM  |  Viewed: 1614 times

नेपालगञ्ज, बैशाख १२ । वरिष्ठ साहित्यकार तथा गीतकार प्रेमप्रकाश मल्ल मधुकरको निधन भएको छ ।

७९ वर्षीय मल्लको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको हो । धेरै वर्षदेखि पक्षघातबाट थलिएका मल्लको टाउकोमा रगत जमेकाले भारतको लखनउमा शल्यक्रिया गरि घर ल्याइएको थियो ।

मल्लका ‘म मरे पनि मेरो देश बाँची रहोस्’, ‘माच्छापुछ फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साच्चै कै पोखरा नै रैछ’, ‘वनकी म चरी, कस्ले सुन्ला कठैबरी’ जस्ता गीत चर्चित छन् । मल्लको आजै नेपालगञ्जमा दाहसंस्कार गरिँदैछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell