top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

सलमान खान दोषी ठहर, पाँच वर्षको जेल सजाय तस्वीरः एजेन्सी  |  Published: May 6, 2015  |  बुद्धबार 23 बैशाख, 2072  |  7:33 PM  |  Viewed: 45691 times

अपडेटः
काठमाडौं, वैशाख २३ । भारतीय सिनेमाका नायक सलमान खानलाई मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ ।

१२ वर्ष अगाडिको उक्त घटनामा मुम्बईको एक अदालतले दोषी प्रमाणित गर्दै पाँच वर्षको सजाय सुनाएको हो । आदेश सुनेलगत्तै सलमानले आँखाभरि आँशु बनाएका थिए ।

सन् २००२ को सेप्टेम्बर २८ को राति नशा सेवन गरी गाडी चलाउँदा फुटपाथमा सुतिरहेका एकजनालाई किचेको आरोप सलमानविरुद्ध लागेको थियो । उक्त घटनामा अरु चारजना घाइते भएका थिए ।

यद्यपि, सलमान खानले उक्त समयमा आफूले गाडी पनि नचलाएको र नशा सेवन पनि नगरेको भन्दै सबै आरोप अस्वीकार गर्दै आएका छन् । सलमानका ड्राइभर अशोक सिंहले पनि अदालतसमक्ष उक्त समयमा गाडी आफैंले चलाएको बयान दिएका थिए । सरकारी वकिलले भने सलमान दुर्घटनालगत्तै भागेको दावी गरेका छन् । सलमानले यस भनाइ पनि अस्वीकार गर्दै आएका छन् ।

यद्यपि, मुम्बई हाइकोर्टले दुईदिने अन्तरिम जमानत दिइएकाले बुधबार जेल जानबाट बचेका छन् । सलमान खान जेल जाँदा उनमै केन्द्रित रही बनाउँदै गरिएको भारतीय सिनेमा क्षेत्रको दुई सय करोड लगानी के हुने भन्ने अन्यौल बढेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell