top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

सलमान खान जमानतमा रिहा तस्वीरः एजेन्सी  |  Published: May 8, 2015  |  शुक्रबार 25 बैशाख, 2072  |  1:50 PM  |  Viewed: 17752 times

काठमाडौं, वैशाख २५ । पाँच वर्षको जेल सजाय सुनाइएका भारतीय सिनेमाका नायक सलमान खान जमानतमा रिहा भएका छन् ।

मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय पाएको उनलाई शुक्रबार मुम्बई उच्च अदालतले जमानतमा रिहा गरेको हो । उनले अब जेलबाहिर रहेर मुद्दा लड्न सक्नेछन् ।

सन् २००२ को सेप्टेम्बर २८ को राति नसा सेवन गरी गाडी चलाउँदा फुटपाथमा सुतिरहेका एकजनालाई किचेको आरोप सलमानविरुद्ध लागेको थियो । उक्त घटनामा अरु चारजना घाइते भएका थिए ।

यद्यपि, सलमान खानले उक्त समयमा आफूले गाडी पनि नचलाएको र नसा सेवन पनि नगरेको भन्दै सबै आरोप अस्वीकार गर्दै आएका छन् । सरकारी वकिलले भने सलमान दुर्घटनालगत्तै भागेको दाबी गरेका छन् ।

सलमान खान जेल जाँदा उनमै केन्द्रित रही बनाउँदै गरिएको भारतीय सिनेमा क्षेत्रको दुई सय करोड लगानी के हुने भन्ने अन्यौल बढ्दै गएको बेला जमानतमा रिहा भएपछि तत्काललाई उक्त अन्यौल हटेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell