top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

अष्ट्रेलियामा तयार भयो महाभूकम्पबारेको गीत (भिडियोसहित)  |  Published: May 17, 2015  |  आईतवार 3 जेष्ठ, 2072  |  4:29 PM  |  Viewed: 8965 times

काठमाडौं, जेष्ठ ३ । शक्तिशाली भूकम्प पछि नेपालको दर्दनाक परिस्थितिलाई लिएर विभिन्न सर्जकले म्युजिक भिडियो निर्माण गरिरहेका बेला  अष्ट्रेलियामा बस्दै आएकी आकृति आचार्यले पनि भूकम्पले पुर्याएको क्षतिलाई लिएर एउटा म्यूजिक भिडियो तयार पारेकी छन् ।

शिखर सन्तोषको संगीत रहेको ‘किन यति निर्दयी’ बोलको गीतमा  आकृति स्वयम्ले स्वर दिएकी छन् । गीतमा शब्द डा भोला रिजाल, राजेन्द्र थापा र मनोज लामिछानेको शब्द छ ।

थ्री क्याप्स टिमको निर्देशन रहेको उक्त भिडियोलाई ग्यानन श्रेष्ठ र सुरेश श्रेष्ठले खिचेका हुन् । भिडियोमा भूकम्प आउँदाको डरलाग्दा स्थिति, भत्किएका विभिन्न संरचना, कलाकर्मी , पत्रकार अनी समाजसेवी फिचरिङ छन् ।

भिडियोका सम्पादक टेकेन्द्र शाह हुन् । भने गीतलाइ एरेन्ज सत्याम नेपालले गरेका हुन् ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell