top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

गाउँमा चर्पी बनाउन खटिए धुर्मुस र सुन्तली सौजन्यः भागुक योगी  |  Published: May 23, 2015  |  शनिबार 9 जेष्ठ, 2072  |  8:23 AM  |  Viewed: 2677 times

नुवाकोट, जेष्ठ ९ । नुवाकोटको विकट मानिने ओखरपौवा गाविसमा तामाङ जातीको वाहुल्यता बढी छ । यी दुई गाँउमा झण्डै २ सय ४० घर छन् । एउटा निम्न माध्यमिक विद्यालय छ ।

यस अघि ५ जनाको घरमा र विद्यालयमा ३ गरी ८ वटा चर्पी वाहेक कसैको घरमा पनि चर्पी थिएन ।

चर्पी प्रयोग नगर्ने गाँउ थाहा पाएपछी सरसफाई दुत सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ सहितका कलाकार यी दुई गाँउमा चर्पी बनाउन ३ दिन अघि मात्रै आएका हुन् । लगत्तै आज मध्यान्न स्वास्थ्य परीक्षण गर्न भन्दै स्वास्थ्यकर्मी टोली यहाँ आयो ।

सबै खुला रुपमा खेतबारी, डाँडापाखामा दिशापिसाव गर्ने गर्थे । सरसफाईका दृष्टिकोणले पनि अति पिछडीएका यि २ गाँउमा चर्पी बनाउनु पर्ने सचेतना मुलक अभियान थाल्ने योजना हुँदै थियो, भुकम्पले घर भत्कायो, त्यसपछी धुर्मुस र सुन्तली आएर चर्पी बनाइदिए खुसी लाग्यो, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठले भने ।

पहिले घर कि, चर्पी भन्ने प्रश्न गरिए पनि खानापछी स्वास्थ्यका दृष्टिकोणले पहिले चर्पीको आवश्यकता पर्छ श्रेष्ठले थपे ।

जनस्वास्थ्य कार्यायका अनुसार नुवाकोटमा १ नगरपालीका र ६१ गाविस मध्ये हालसम्म ३ वटा गाविस मात्रै खुला दिसा मुक्त घोषण भएका छन् । बस्ने घर नै नभएपछी पहिले चर्पी कसरी बन्थ्यो ।

तर सरसफाई अभियानमा लागेका सरसफाई दुत धुर्मुस र सुन्तली सहितका कलाकारहरुले सरसफाईका दृष्टीकोणले पछाडी परेका यी २ गाँउमा आफै श्रमदान गरी घर नजिक चार फिट गहिरो खाल्डो खनेर ढुंङ्गाको गाह्रो लगाई, सिमेन्टेड ढलान, ट्वाईलेट सीट, ग्रील र पर्दाको भित्ता छानो सहितको ४० वटा चर्पी बनाईरहेएका छन् ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell