top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘रैंया’ चलचित्र प्रदर्शनबाट उठेको रकम भूकम्पपीडितलाई सौजन्य: प्रताप राना मगर  |  Published: May 28, 2015  |  बिहीवार 14 जेष्ठ, 2072  |  10:21 AM  |  Viewed: 1424 times

तनहुँ, जेष्ठ १४ । भूकम्पपीडितहरुको सहयोगार्थ मगर कथामा आधारित चलचित्र ‘रैयाँ’तनहुँको दमौलीमा बिशेष प्रर्दशन गरेको छ ।

प्रर्दशनबाट संकलन भएको रकम भूकम्प पीडितलाई उपलब्ध गरिने रैँया चलचित्र युनिटले जनाएको छ ।

नेपाल मगर चलचित्र संघ तनहुँको आयोजना तथा मगर विद्यार्थी संघ तनहुँको सह –आयोजनामा पीडितका लागि रैँया चलचित्रको विशेष प्रर्दशन गरेको मगर चलचित्र संघ तनहुँका सचिव सुमन थापा मगरले जानकारी दिए ।

सहयोगार्थ स्वरुप तनहुँको थर्पु, खैरेनीटार, दुलेगौडा, भिमाद ,पाल्पाको रामपुर लगायतका ठाउँमा प्रर्दशनका लागि मिति तय भइसकेको चलचित्रको निर्माता हर्क आले मगरले बताए ।

संकलित रकमको १० प्रतिशत भूकम्पपीडितलाई वितरण गरिने बताइएको छ । मेनो फिलिमको प्रस्तुती जातिय पहिरन, पहिचान, आत्मरक्षाको प्रतिक ,संस्कार र संस्कृतिमा आधारित मगर र नेपाली दुवै भाषामा चलचित्रको निर्माण गरिएको छ ।

मेजन पुन मगरको निर्देशन तथा हर्क आले मगर, तारामाया थापा मगर र अंकित पुन मगरले चलचित्रको निर्माण गरेका हुन ।

रैयाँ मगर महिलाहरुको गहना भएको र त्यही गहनाको कथा रहेको चलचित्रका निर्देशक पुन मगरले जानकारी दिए ।

महिलाहरुको क्षेत्रमा कार्य गदै आएकी चलचित्रकी निर्मात्री तारामाया थापा मगरले मगर महिलाको ३६ वटा गहना मध्ये रैँया एक महत्वपूर्ण गहना रहेको र त्यस गहनालाई उजागर गर्नका साथै पहिचान दिनका लागि चलचित्रको निर्माण गरेको बताइन ।

तनहुँको माझकोट ९ मिछुर्लुङ्ग, पोखरा आसपास, काठमाण्डौ लगायतका रमणीय एव्म सांस्कृतिक गाउँमा चलचित्रको छाँयाङ्गन गरेको चलचित्रका सह निर्देशक भिम राना मगरले जनाकारी दिए ।

चलचित्रमा सञ्चारकर्मी कमला थापा मगर, अशोक थापा मगर, सुमन थापा मगर,राज थापा मगर, पूर्व डिआईजी पार्वती थापा मगर ,तारा थापा, मिन पुर्जा पुन मगर, दुर्गा ठाडा मगर, पुर्ण थापा मगर(सुँगा),अनिता थापा मगर, गगन पुन मगलगायतको मुख्य भुमिका रहेको छ ।




खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell