top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

बेलायतको गोर्खा स्मारक अगाडी नौमती बाजा गुञ्जिदा  |  Published: May 31, 2015  |  आईतवार 17 जेष्ठ, 2072  |  11:59 AM  |  Viewed: 4663 times

काठमाडौं, जेष्ठ १७ । ब्रिटिस आर्मीमा गोर्खा भर्तीको दुईसय बर्षगाँठ मनाउनेक्रममा बेलायत स्थित विन्चेष्टर रहेको गोर्खा संग्रालयमा हालैको एक दिन बेग्लै रौनक देखियो ।

मद्दत समुह युकेका कमल पुर्जाको अगुवाइमा भएको भूपु गोर्खा बृद्धबृद्धालाई संग्राहालय भ्रमण गराउने कार्यक्रम सामान्य हुने भनिए पनि बृहत रुप लिन पुग्यो ।

style="text-align: justify;">बेलायतका उच्च अधिकारीहरु तथा नेपालीहरुले कार्यक्रमलाई बेग्लै रौनक दिए । धौलागिरी नौमती बाजा तथा नेपाल र बेलायतको राष्ट्रगाँन निरन्तर गुञ्जिसंक्दा तालीको परा छुटयो ।

संग्राहलय भ्रमण गराउने यसपटकको सत्रौं कार्यक्रममा पूर्व गोर्खा लाहुरेहरु तथा बृद्धबृद्धा मात्र होइन हालै नेपालको महाभूकम्पमा उद्धार गरेर फर्किएका बेलायती सैनिक तथा अन्य सरकारी अधिकारीहरुको उपस्थितिले कार्यक्रमलाई बृहत बनाउन सहयोग गरयो ।

संग्राहलय भ्रमणलाई संग्रालयका क्यूरेटर ग्याभिन एगर्लीह्यारिसले स्वागत गर्दै गोर्खाहरु ब्रिटिस आर्मीमा आबद्ध भइ पुर्‍याएको योगदान बारे लामो चर्चा गर्दा धेरै गोर्खालीमा खुशीयाली छाएको थियो ।

भ्रमण लगत्तै नजिकै रोम्सीस्थित सर हारोल्ड हिलियर गार्डेनको स्मारक अगाडी भएको बृहत भेलामा गोर्खालीहरुको उस्तै चर्चा गरियो ।

भेलामा धौलागिरी नौमती बाजाले धुमधाम स्वागत गरियो । साथै मद्दत समूह युके र इस्टले गोर्खा नेपाली एसोसिएसनका पधादिकारीहरुले खादा ओढाएर सबैलाई स्वागत गरेका थिए ।

भेलामा सांसद क्यारोलिन नोक्स, ह्याम्पसायर काउन्टी काउन्सिलर लिडर रोय पेरी, इस्टले बोरोका पूर्व मेयर ग्लेन डेभिस डियर, इष्टलेका काउन्सिलर एन्डी मुर र रोयल ब्रिटिस लेजनको माउन्ट व्याटन ब्रन्च रोम्सिको अध्यक्ष गेरी माक्रोपको उपस्थितिले कार्यक्रमा रौनक थप्यो ।

त्यो भन्दा पनि भर्खरै नेपालको विनाशकारी महाभूकम्पमा उद्धारका लागि खटिएका ह्यम्पसायर फायर एण्ड रेस्क्यू सर्भिसका चिफ अफिसर डेभ करीको उपस्थितिले थप चर्चा पायो ।

गार्डेनको स्मारक अगाडी भएको बृहत स्वागत र सम्मान कार्यक्रमपछि इस्टले गोर्खा नेपाली एसोसिएसनको तर्फबाट अध्यक्ष रोमन थापा मगर र मद्दत समूहबाट लेफटेन पूर्ण गुरुङले रिथ चढाएर विश्वयुद्धमा ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण समेत गरेका थिए ।

सोही अवसरमा संग्राहालयका क्यूरेटर, अगुवा कमल बहादुर पुर्जा, सर हारोल्ड हिलियर गार्डेनका निर्देशक बोल्फगाङ बोपले गोर्खा योगदानका बारेमा चर्चा गर्दै गोर्खालीहरुको विरताको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ह्याम्पसायर काउन्टी काउन्सिलर लिडर रोय पेरीले गोर्खा वेलफेयर ट्रष्टका लागी २० हजार पाउण्डको चेक समेत हस्तान्तरण गरेका थिए ।

बेग्लै सांगीतिक माहोल

पूर्व गोर्खा बृद्धबृद्धा घुमाउने कार्यक्र भनिए पनि सांगीतिक प्रश्तुतीले रौनक ल्यायो । मोना यूकेका पूर्व अध्यक्ष योगकुमार फगामीले सहजीकरण गरेको कार्यक्रमा प्रिया पुन, अस्मिता लिम्बु, क्याप्टेन बीरबहादुर थापा, डिजे टंक शेरचन साथै स्थानीय कलाकारहरुको सांगीतिक प्रश्तुतीले मनोरञ्जन प्रदान गर्‍यो ।

लोकदोहोरी गायिका निता पुनको प्रश्तुतीले बेग्लै सांगीतिक माहोल ल्याएको ब्रिटिस गोर्खा नेप्लीज कल्चरल काउन्सीलका अध्यक्ष एकराज नेम्बाङले युकेबाट जानकारी दिएका छन् । नेपाल र बेलायतको राष्ट्रगान गुञ्जदा माहोल नै बेग्लै भएको नेम्बाङले बताए ।

गोर्खाली एकताको सन्देश
विशिष्ट व्यक्तिहरुको उपस्थिति र गोर्खालीहरुको योगदानका बारेमा ब्रिटिस सरकारका अधिकारीहरुले गरेको चर्चाले गोर्खालीहरु एक हुन सन्देश दिएको उपस्थित बक्ताहरुले भनेका छन् ।

कार्यक्रममा एनआरएन युकेका पूर्व महासचिब योगकुमार फगामी, स्वीडेन सिनियर सोसाइटीका अध्यक्ष टिकाबहादुर गुरुङ, ब्रिटिस गोर्खा नेप्लीज कल्चरल काउन्सीलका अध्यक्ष एकराज नेम्बाङ, इष्टले गोर्खा नेपाली एसोसिएसनका अध्यक्ष रोमन थापा मगर, पूर्व मेजर ग्यारी घलेले गोर्खाहरुको योगदान बारे चर्चा गरेका थिए ।

ब्रिटिस गोर्खा नेप्लीज कल्चरल काउन्सीलका अध्यक्ष एकराज नेम्बाङले यस्ता कार्यक्रमले आफ्नो संस्कृतीको विकास, सम्बद्र्धन तथा संरक्षणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेप्लिज कमिटि विन्चेस्टरका अध्यक्ष ओम पून, मोनाको संस्थापक अध्यक्ष दलमान पुन, मोना यूकेका उपाध्यक्ष दलबहादुर जुक्जाली, सल्लाहकार अमर मल्ल, चिमखोले समाज यूकेका अध्यक्ष मोती बहादुर पुन, सिनियर सिटिजन समाज स्विडेनका संस्थापक अध्यक्ष विष्णुबहादुर गुरुङ, बर्तमान अध्यक्ष टिकाबहादुर गुरुङ, सचिब एलएस राई, धौलागिरी नौमती बाजाका संयोजक इन्द्र खरोजा, उपसंयोजक विल बहादुर पुर्जा, इष्टले गोर्खा नेपाली एसोसिएसनका सचिब इन्द्र बहादुर पुर्जा साथै समाजसेवी रत्न शाहीले कार्यक्रमलाई उत्साह प्रदान गरेका थिए ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell