top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

विश्वभर फेसन बनेको सेल्फी फोटो यसरी खिचिन्छ(भिडियोसहित)  |  Published: June 1, 2015  |  सोमबार 18 जेष्ठ, 2072  |  8:55 AM  |  Viewed: 14644 times

काठमाडौं, जेष्ठ १८ । नेपालमा मात्र होइन विश्वभर नै हिजोआज सेल्फी फोटो खिच्ने र सामाजिक संजालहरुमा अपलोड गर्ने फेशन चलेको हो ।

खुशीमा खिचिएको सेल्फीले त चर्चा पाउने नै भयो तर दुःखका बेला खिचिएको सेल्फीले भने आलोचना पनि खेपिरहेको छ ।

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट ध्वस्त भएका संरचना अगाडी बसेर खिचिएको सेल्फीहरुले धेरैको गाली खाएका छन् ।

सेल्फीकै बारेमा बनेको व्यङयात्मक कार्टुनहरुको पनि उस्तै चर्चा हुने गर्छ । कतिपय सेल्फी फोटोहरु सामाजिक संचालनहरुमा भाइरल नै बन्ने गरेको छ ।

वास्तवमा सेल्फी के हो र कसरी खिचिन्छ भनेर हालै एउटा भिडियो सार्वजनि भएको छ ।

सेल्फी फोटो खिच्दा देखाइने नाखाराबाजीलाई रमाइलो पाराले मोडेल उर्मिला तामाङ र सुरज अधिकारीले प्रस्तुती गरेका छन् ।

डिपी खनालको रचना र स्वर रहेको भिडियोलाई पत्रकार नबिन गुरुङले खिचेका छन् । कमल एक्छे मगरको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई पर्फमिङ आर्ट क्रियशन र स्ट्रिट नेपाल डटकमले निर्माण गरेको भिडियो रमाइलो छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell