top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘प्रेम गीत’का लागि पूजा शर्मालाई सुहाउने हिरोको खोजी गोबिन्द मरासिनी/ईमेज  |  Published: June 1, 2015  |  सोमबार 18 जेष्ठ, 2072  |  1:02 PM  |  Viewed: 1767 times

काठमाडौं, जेष्ठ १८ । बैशाख १२ गते गएको भूकम्पपछि यतिबेला नेपाली चलचित्र उद्योग ठप्प भएको छ । चलचित्रका रिजिल मिति पनि पछि सरेका छन् ।

यसैबीच जेठ १८ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘चंखे शंखे पंखे’ को रिलिज मिति पनि पछाडि सरेको छ ।

अब ‘चंखे शंखे पंखे’ कात्तिक ३ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

यसरी चलचित्रको रिलिज समय पछाडी सरेपछि उक्त चलचित्र टिम यतिबेला नयाँ नायकको खोजीमा जुटेको छ ।

आसुसेन फिल्मस प्रालीले घोषणा गरेको अर्को चलचित्र ‘प्रेम गीत’ का लागि अडिसनबाट नायक खोज्न लागेको हो ।

पूर्ण रुपमा रोमान्टिक लभस्टोरीमा आधारित भएर निर्माण गर्ने लागिएको ‘प्रेम गीत’ का लागि नायिकाको रुपमा पुजा शर्माले अभिनय गर्ने र र नायक अडिसनबाट छानिने निर्माता सन्तोष सेन ठकुरीले बताए ।

गुडलुकिङ, अभिनय तथा नृत्य प्रति मोह बोकेका जो कोही ह्यान्डसम वा चकलेटी युवाहरुले आसुसेन फिल्मस प्रा.लि को अफिशियल ईमेल ठेगाना aasusenfilm@gmail.com मा आफ्नो प्रोफाइल र एक प्रति फोटो पठाउँनु पर्ने निर्माण पक्षले जनाएको छ ।

भूकम्पका कारण विग्रिएको सामाजिक जनजिवन शान्त हुनासाथ चलचित्र फ्लोरमा जाने निर्माता सेनको भनाई छ ।

सेनका अनुसार प्रेम गीत त्यस्तो फिल्म बन्ने छ जुन फिल्मलाई हरेक माया गर्ने जोडीले आफ्नै फिल्म भनेर हेर्नेछन् ।

प्रेम गीतमा अभिनय गर्ने हिरोले नयाँ सुपरस्टारको ट्याग पाउँने निश्चित रहेको निर्माण पक्षको दाबी छ ।

प्रेम गीतमा पनि चंखे फिल्मकै निर्माता सन्तोष सेनको मात्र लगानी रहने छ भने सुर्दशन थापाले निर्देशन गर्ने छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell