top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

भूकम्पपीडितलाई घर–टहरा बनाइदिँदै केकी, बेनिषाको टिम (भिडियो)  |  Published: June 2, 2015  |  मंगलवार 19 जेष्ठ, 2072  |  6:26 PM  |  Viewed: 2035 times

काठमाडौं, जेष्ठ १९ । वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि घरवारविहीन बनेका पीडितका लागि कलाकारको एक टिमले ‘हामी सबैका लागि अभियान’मार्फत् अस्थायी घर बनाइ हस्तान्तरण गरेको छ ।

निर्देशक सुरेशदर्पण पोखरेल, कलाकारहरु श्याम अर्याल, केकी अधिकारी र बेनिषा हमाललगायतको टोलीले काठमाडौंको टोखास्थित सांग्ला गाउँ र नुवाकोटको थानसिङ गाउँमा समान १५–१५ ओटा घर–टहरा बनाएर पीडितलाई हस्तान्तरण गरेका हुन् ।

टोखाका १५ घर दुबईमा रहेका एनआरएन तथा चलचित्र निर्माता रतन थापाले तथा थानसिङ घर भएर हङकङमा रहेका नेपालीहरुको संस्था ‘हङकङ नेप्लिज रेक्स्यु एन्ड भोलेन्टियर टिम’ले बनाइदिएको हो ।

यसअघि ‘हामी सबैका लागि अभियान’मार्फत् कलाकारको टोलीले काभ्रेको रामपुर डाँडामा ४० घर बनाइ विभिन्न चलचित्रका नाम राखेर पीडितलाई हस्तान्तरण गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell