top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

त्रास बिर्सन कलाकारसँगै नाचे विद्यार्थी गोबिन्द मरासिनी/(ईमेज)  |  Published: June 7, 2015  |  आईतवार 24 जेष्ठ, 2072  |  1:08 PM  |  Viewed: 2741 times

काठमाडौं, जेष्ठ २३ । सामाखुशी स्थित नबोदित बिद्या कुञ्ज उमाबिले भूकम्पपछि बिद्यार्थीहरुमा परेको असरलाई हटाउन एक मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार बिद्यालयको प्रागढमा आयोजना गरिएको कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, रमेशराज भट्टराई, राजु गुरुङ, कला पंगेनी, भागीरथ चलाउने लगाएतका कलाकारहरुले मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कलाकारहरुले बिभिन्न किसिमबाट मनोरन्जन दिदाँ साना साना बालबालिका देखि अभिभावकहरुले पनि भरपूर मनोरन्जन लिईरहेका थिए । कार्यक्रममा बिद्यार्थीहरुलाई म्यूजिकल थेरापी पनि गरिएको थियो ।

भूकम्पपछि बिद्यार्थीमा परेको मानसिक तनाव तथा त्रासलाई केहि हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रिन्सीपल राजेन्द्र अधिकारीले बताए ।

यसरी मनोरन्जनात्मक कार्यक्रम अन्य बिद्यालयहरुमा सन्चालन गर्दा राम्रो हुने भन्दै अन्य बिद्यालयलाई पनि कार्यक्रमको आयोजना गर्न अधिकारीले सुझाब दिए ।

कार्यक्रममा ‘जुनियर स्कूल प्रिन्सेज २०१५’ को उपाधि जित्न सफल सुप्रिमा भट्टराईलाई सम्मान पनि गरिएको थियो ।

चर्चित गायक रमेशराज भट्टराईकी छोरी समेत रहेकी नबोदितमा अध्यनरत भट्टराईलाई कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले सम्मान पत्र र अर्बाड प्रदान गरेका हुन् ।

 


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell