top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

टुडिखेलमा एक खुट्टाको सहाराले नाच्दा..  |  Published: June 7, 2015  |  आईतवार 24 जेष्ठ, 2072  |  12:45 PM  |  Viewed: 11263 times

काठमाडौं, जेष्ठ २४ । शनिबार राजधानीको टुडिखेलमा बेग्लै रौनक देखियो । भूकम्पबाट प्रभावितहरुले केही क्षण दुःख भूल्ने सौभाग्य पाए ।

रमा न्यौपानेले एक खुट्टाको सहाराले नृत्य गर्दा टुडिखेलमा अस्थायी टहरामा बस्नेहरू खुबै रमाए ।

उनीहरूले न्यौपानेको नृत्य हेरेर आफुलाई पनि उनी जस्तै सक्षम हुने प्रण गरे ।

न्यौपानेले एउटा खुट्टाको सहाराले ‘वनमा फुल फुलै फुल्यो’ गीतमा नृत्य गर्दा टुडिखेलमा आश्रय लिइरहेका सयौंले आफुलाई भुलाएर रमाइलो गरे ।

त्यसको वातावरण हाम्रो भाका हाम्रो लोक सांँस्कृति प्रतिष्ठान नामक संस्थाले मिलाएको थियो ।

विश्वको चौथो होची महिला मञ्जु घिमिरेको प्रस्तुती पनि कम थिएन । काठमाडौंमा शनिबार तापक्रम ३५ डिग्री थियो ।

भूकम्पले घर भत्काएपछि टुडिखेलमा आश्रय लिइरहेका पीडितले त्यो प्रचण्ड गर्मीको कुनै प्रवाह गरेका थिएनन् ।

उनीहरू त नाम चलेका र नचलेका गायक गायीकाको स्वर सुन्न मस्त थिए ।

नृत्य हेर्न लालयीत थिए । दिउँसो २ बजे शुरू भएको सो कार्यक्रम नसकिदाँसम्म पीडितहरू बेलाबेला पेट मिचिमिची हाँस्थे ।

प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका लक्ष्मण चौलागाईको प्रस्तुतीले पीडितको घाउमा मलम लगाएको थियो ।

भीम कुसारीको गायनले पनि उत्तिकै मर्माहित बनाएको थियो । अधिकांस कलाकारले भूकम्पसँग सम्बन्धित प्रस्तुती गरेका थिए ।

प्रतिष्ठानले भूकम्प पीडितलाई म्युजिक थेराफीमार्फत बहलिएको मनलाई सम्हाल्ने गरी १२ जिल्लामा साँगीतिक कार्यक्रम गर्न प्रारम्भ गरेको छ ।

जसको शनिबार पहिलोपटक राजधानीमा विभिन्न प्रस्तुती गरियो ।

सोनाम राईले स्वदेश गीतबाट प्रस्तुती प्रारम्भ गरेपछि क्रमशः रोहित कार्की, लक्ष्मण चौलागाई, खिमा सापकोटा, गोविन्द भण्डारी, राजीव सुनार, सिता अधिकार, मनिस श्रेष्ठ, आशिक राईलगायतले गीत, नृत्य र प्रहसनमार्फत भूकम्प पीडितलाई मनोरञ्जन दिएका थिए ।

हाम्रो भाका हाम्रो लोक सांँस्कृति प्रतिष्ठानले भूकम्प पीडित क्षेत्रका बासिन्दालाई गीत संगीतको माध्यमबाट मन शान्त बनाउन कार्यक्रमको प्रारम्भ गरेको अध्यक्ष रत्नबहादुर पुलामीले बताए ।

शनिबारदेखि प्रारम्भ भएको सो साँगीतिक यात्राको पूर्वमन्त्री कमल चौलागाईले उद्घाटन गरेका थिए ।

अध्यक्ष पुलामीले अरु केही गर्न नसके पनि साङ्गीतिक कार्यक्रम गरेर पीडितलाई भूकम्पले पारेको असर कम गर्न सकियोस् भनेर भूकम्प प्रभावित जिल्लामा बृहत साँस्कृतिक थेराफी गर्न लागिएको बताए ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell