top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपालमा संभावना छ अमेरिकामा अवसर: सरोज खनाल  |  Published: June 11, 2015  |  बिहीवार 28 जेष्ठ, 2072  |  8:47 AM  |  Viewed: 8017 times

नेपालीहरुको माझ सरोज खनाल चिनाइरहन पर्ने नाम हैन । नेपाली  चलचित्र जगतका सुपर हिरो खनाल विगत सत्र वर्ष देखि अमेरिकाको भर्जिनियामा परिवारका साथ रहदै आएका थिए ।

अमेरिकाका नेपालीहरु माझ पनि निकै लोकप्रिय खलाल अमेरिका वसुन्जेल थुप्रै कार्यक्रमहरु गरिरहन्थे । अमेरिका होस वा नेपाल उनले  विभिन्न सामाजिक कार्यहरुमा पनि हात हालेका छन ।

हालैको नेपालमा गएको विनाशकारी भूकम्पमा पनि उनी भूकम्प सहयोगार्थ पीडितका लागी दिन रात खटेका थिए । भूकम्प पछाडी अमेरिका आएका उनी नेपाल फर्किएका छन् ।  अमेरिका वसाइ र नेपाल फिर्तीका सम्वन्धमा गरिएको कुराकानी:

-अमेरिकामा विगत सत्र वर्ष देखि रही तपाई नेपाल सधैका लागी जादै हुनुहुन्छ एकाएक यो निर्णय कसरी लिन पुग्नु भयो ?

सत्र वर्षको अवधिमा म पटक–पटक नेपाल गएँ । सांच्चै भन्दा मेरोे यो लामो अनुभवले के वताउँछ भने अमेरिका ‘अवसरको भूमि’ हो भने नेपाल ‘संभावनाको भूमि’ हो । किनभने प्रायसः हामी नेपालीहरु अमेरिकामा आउँछौ अनि एउटै काममा अडकिएर वा रमाएर वस्छौ ।

तर यही विचमा हामी नेपालमा रहेमा चाहे फिल्म क्षेत्र होस वा अन्य क्षेत्र हामी आफ्नो काम वाहेक दोस्रो काम पनि गर्छौं । यसैले म नेपाललाई धेरै सम्भावना बोकेको देश भन्न रुचाउँछु ।

नेपालमा रहेको त्यही संभावनालाई खोज्न म नेपाल सधैका लागी जान लागेको हुँ र यो निर्णय यस आधारमा नयाँ होइन एकाएक पनि हैन । म हेर्दै थिए उपयुक्त र सही समयको । जुन हाल आएर देखे र म जान लागेको हुँ ।

-नेपालमा विनाशकारी भूकम्प जानु अनि तपाईले यही समयमा अमेरिका छाडेर नेपाल जाने उपयुक्त समय देख्नु यसमा कुनै तारतम्यता छ ?

नढाँटिकन भन्दा यसमा तारतम्यता छ नै ।  के भन्न चाहन्छु भने भूकम्प गए पछि म यहाँ वस्न सकिन र नेपाल गए ।

मैले भूकम्प प्रभावित नेपाली दाजुभाई दिदीवहीनीहरुलाई ठूलो राहत नभनु जे सक्थे त्यो सहयोगका रुपमा केही नगद र केही जिन्सीहरु वाँडे ।

जसलाई म मेरो सौभाग्य नै ठान्छु । यस समयमा मलाई मेरो आत्मा देखि के लाग्यो भने नेपाललाई यस्तो विनासको अवस्थामा मेरो खाँचो छ ।

उता आफ्ना दाजुभाईहरु अफ्ठरोमा हुदा म कसरी यहाँ वसु भन्ने चिन्तन पनि म मा आयो । यही अन्तर आत्माको भाव पूरा गर्न पनि अहिलेको समय मैले छानेको हुँ भन्दा हुन्छ ।

-अमेरिकामा तपाई सरहका अन्य कलाकर्मीहरु विभिन्न समयमा आएको–गएको विभिन्न उदाहरणहरु पाइन्छन तर पनि तपाँई नेपाल जानलाग्दा भने विगतमा भन्दा धेरै चर्चा परिचर्चा  देखियो । यसलाई कसरी लिनुहुन्छ ?

म अरुको कुरामा त्यत्ति ध्यान दिन्न । यो व्यक्ति पिच्छेको हेराईमा भर पर्ने कुरा हो । मलाई के लाग्छ भने म यहाँ वस्दा पनि विभिन्न कला कार्यक्रमहरुमा व्यस्त रहन्थे । त्यस्तै थोर–वहुत म विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न थिए । म अमेरिका छाडी जान लाग्दा मेरा तमाम दर्शक, शुभेच्छुकहरुलाई चिन्ता लाग्नु स्वभाविक हो ।

यस अर्थमा यो उहाँहरुले म प्रति देखाएको माया एवं सदभाव हो भन्न रुचाउँछु । आफूले मन पराएको व्यक्ति कहाँ जान लाग्यो के गर्दैछ खुल्दुली हुनु स्वभावीक पनि हो ।

-यो सत्र वर्षमा तपाईले अमेरिकामा वसेर आफ्ना लागी धेरै गर्नुभयो तर जांदाजांदै अमेरिका प्रति तिक्तता पनि त्यत्तिकै पोख्नुभयो यो किन ?

हैन मैले अमेरिका प्रति कुनै तित्तता पोखेको छैन । हरेक व्यक्तिको आफ्नो आफ्नो वुझ्ने शैली हुन्छ । कतिले त्यसरी वुझे होलान । वास्तवमै भन्दा अमेरिकाले मलाई धैरै कुरा सिकाएको छ जुन कुरा मैले नेपालवाट यहाँ आउँदा जानेको थिइन र साथसाथै मैले यो पनि भनिरहेको छैन कि अमेरिका हामी वस्नै हुन्न ।

म यो पनि भन्दिन कि भविष्यमा मलाई अमेरिका चाहिदै चाहिदैन । म फर्कन पनि सक्छु । मैले सिर्फ मेरो दैनिक जीवनमा अमेरिकामा के–कस्तो भोगाई रहयो मात्र भनेको हुँ, शेयर गरेको हुँ । अव कतिले यसलाई तिक्तताका रुपमा वुझे वा कतिले शिक्षाका रुपमा त्यो सोचाईमा भर पर्ने कुरा हो जसको पछाडि म जान पनि चाहन्न ।

-अव नेपाल गएर के गर्ने विचारमा हुनुहुन्छ अथवा पहिल्यै केही सोचिसक्नु भएको छ कि ?

वास्तवमा मेरो दिमाग अहिले खाली छ । मैले उता गएर के गर्ने सोचिसकेको छैन । त्यसको अर्थ म केही नगरी वस्छु भन्ने हैन । म मेरो देशमा केही नगरी अवश्य वस्दिन र मर्दिन पनि ।

त्यस वाहेक निश्चय नै उता पनि मेरो केही पारिवारिक व्यवसाय छ । अझ कलाकारिता त मेरो रगतमा वगेकै छ । पछिल्लो पटक नेपाल जाँदा पनि तीन चार वटा स्क्रिप्टमा अफरहरु आएका थिए । एकाद ठिकै लागे पनि बाँकी राम्रै पनि थिए । उमेरका कारणले पनि अव पहिलाको जस्तो हिरो नरहुला तथापी कलाकारिता त गर्छु नै । खैर, हेर्दै जाउँ समयले कता पुराउछ ।

-अहिले पनि लाखौ नेपालीहरु अमेरिमा छन त्यस्तै हजारौ नेपालीहरु अमेरिका आउने चाहनामा  छन यस अर्थमा यहाँ रहेका र आउँन खोज्नेहरुलाई कुनै सन्देश छ की ?

म फेरि पनि भन्छु अमेरिका अवसरको भूमि हो नै । यसैले म नेपाल जान लाग्दैमा ल अव नेपाल नै जाउँ भनी कसैलाई भन्दिन किनकी मैले यहाँ वसेर जुन कुरा गर्न सकिन त्यो अरु नेपालीहरुले पनि सक्दैनन भन्ने छैन । फेरि निश्चित रुपमा यहाँ वसेर कुनै न कुनै कुरा सिकिन्छ ।

-प्रस्तुती सौजन्य: शरद पोखरेल/विकास राज न्यौपाने

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell