top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

हलिउड अभिनेता लीको निधन  |  Published: June 12, 2015  |  शुक्रबार 29 जेष्ठ, 2072  |  3:45 PM  |  Viewed: 1310 times

काठमाडौं, जेष्ठ २९ । हलिउडका चर्चित अभिनेता सर क्रिस्टोफर लीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

बेलायतमा जन्मेका लीको श्वासप्रस्वासमा आएको खराबीका कारण निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९५० देखि १९६० को दशकमा निकै चर्चामा रहेका लीले २ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

लीद्धारा अभिनय गरिएको चलचित्र ‘ड्रेकुला’ र ‘फ्रैंकेस्टिन’ निकै नै चर्चित रह्यो । यी बाहेक जेम्स बन्ड श्रृंखला र लर्ड अफ द रिंग्समा उनले निर्वाह गरेको भूमिकाले निकै नै ख्याती कमाएको थियो ।

सर क्रिस्टोफर लीलाई सन् २००९ मा बेलायती राजकुमार प्रिन्स चाल्र्सले विभूषित गरेको थियो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell