top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

कलाकारले बाँडे मुस्कान  |  Published: June 20, 2015  |  शनिबार 5 आषाढ, 2072  |  1:54 PM  |  Viewed: 1009 times

दोलखा, आषाढ ५ । दोलखाका भूकम्पपीडितलाई नेपालका ख्यातिप्राप्त कलाकारहरुले ‘राहतस्वरुप’ मुस्कान बाँडेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र गौरीशंकर सामुदायिक पुस्तकालयको सहआयोजनामा कलाकारहरुले शनिबार मनोपरामर्श अभियानमार्फत् मुस्कान बाँडेका हुन् ।

भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियानमार्फत् मानसिक पुनःस्थापना अभियानका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइ र प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाको टोलीले सदरमुकाममा सांस्कृतिक कार्यक्रमसमेत गरे ।

गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्य, हाँस्य कलाकार दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतले भूकम्पको पीडा भुल्दै नयाँ सुरुआत गर्न आह्वान गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell