top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

बेलायतमा नेपाली संस्कृति चिनाउन परिषदको उद्घाटन  |  Published: June 24, 2015  |  बुद्धबार 9 आषाढ, 2072  |  2:39 PM  |  Viewed: 845 times

काठमाडौं, आषाढ ९ ।  नेपाल र बेलायतलाई कार्यक्षेत्र बनाइ कार्य गर्ने उद्देश्यले स्थापना भएको ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को बेलायतमा औपचारिक उद्घाटन भएको छ ।

अल्डरसटस्थित नीरमाया रोधिघर रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कँडेलले परिषदको उद्घाटन गरेका हुन ।

justify;">विदेशी भूमिमा रहेर नेपाली भाषा साहित्य, कला, संस्कृति र संस्कारलाई संरक्षण, सम्बद्र्धन गर्दै पुस्तान्तर जीवन्त राख्ने उद्देश्यले सो संस्था गठन भएको परिषदका अध्यक्ष एकराज नेम्बाङले जानकारी दिए ।

एकराज नेम्बाङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा इस्टली बोरोका पूर्व काउन्सिलर तथा इस्टली गोर्खा नेप्लिज समाजका ट्रस्टी ग्लेन डेभिस डिअ, गोइङ ग्लोबलका माओसी मिरान्डाले परिषदको स्थापना प्रति आफूहरु खुशी भएको बताए ।

उदघाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तुल छन्त्याल, किराँत याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजिमान याक्सो, सेवारो कलाकार युके अध्यक्ष दुर्गा पाङ्मा, वीजीडब्ल्युएस सामुदायिक रेडियोका प्रमुख मेजर सोनाम छिरिङ्ग शेर्पा, गोर्खा च्यानलकी निर्देशक विमला सेनले परिषदको गतिविधिप्रति आफूहरुले साथ दिने बताए ।

त्यस्तै विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदिप तिगेला, किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय महिला विभाग स्वीन्डेनकी उपाध्यक्ष चन्द्रकला लिम्बु, ज्येष्ठ नागरिक समाजका स्विण्डेनका संयोजक लालसुन्दर राई तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले परिषदको स्थापनाले नेपाल र बेलायतको संस्कृती प्रबद्र्धन हुने औंल्याए ।

नेपालमा भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुको नाममा दुई मिनेट मौन धारण गरिएको थियो । तत्पश्चात नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।

परिषदका प्रवक्ता किरण टी लिम्बूले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा परिषदका नवगठित कार्य समितिहरुको घोषणा भएको थियो ।
मूल कार्यसमिति बाहेक पाँच वटा विभागीय समितिहरु सो अवसरमा गठन गरिएको थियो ।

मूल कार्यसमिति अध्यक्षमा एकराज नेम्बाङ, वरिष्ठ उपाध्यक्षमा खेम आलेमगर, उपाध्यक्षमा किरण टी लिम्बू, प्रमिला लाबुङ् राई, महासचिवमा पारु राई, सचिवमा निया देवान, कोषाध्यक्षमा खुसी घले सहित ११ जना सदस्य छ्न् भने विभागीय समितिहरुमध्ये साहित्यको प्रमुखमा भरतमणि चोङ्बाङ्, उपप्रमुखमा कुमार इस्पो र सदस्यमा भागिश्वर चोङ्ग्बाङ्, रमेश येक्तिम चयन भएका छन् ।

पत्रकारिता विभागको प्रमुखमा किरण टी लिम्बू, उपप्रमुखमा नरेश खपाङ्गी मगर, प्रमिला लाबुङ् राई, छत्र वनेम, सुस्मिता थापा, रंजित बस्नेत चयन भएका छन् ।

कलाकारिता विभागमा रोमियन वनेम प्रमुख, उपप्रमुखमा लालबहादुर सुब्बा, सदस्यहरुमा मिलन चाम्स, दिपक गुरुङ, सुनिता फेम्सोङ, प्रेम लामा, निख्लेश लिम्बू, मनी राई, स्पन्दन बिनोद, हरिमान गुरुङ  रहेका छन् ।

त्यस्तैगरी गीत-संगीतका प्रमुख पारु राई, उप प्रमुख प्रशान्त केरुङ्, दौलत राई, मिलन गोम्जा, संजिव, राई, जीवन लिम्बू, संगीता बायुङ् राई चयन भएका छन् ।

अन्तराष्ट्रिय विभागमा इजरायलबाट ईसा लावती, अमेरिकाबाट मणि बांग्देल, सिंगापुरबाट र हङ्गकङ्गबाट बज्रकुमार लिम्बू चयन भएका छन् । कार्यक्रमको सहजिकरण साहित्यकार लाराले गरेकी थिइन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell