top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

ज्योतीको राधे  |  Published: June 29, 2015  |  सोमबार 14 आषाढ, 2072  |  1:14 PM  |  Viewed: 1999 times

काठमाडौं, आषाढ १४ । "हिउँ पनि फिका देख्छु , पानी पनि अमिलो भेटछु
रुखमा नी पातै हुन्न,  फुलले सुवास दिन्न
घुमौघुमौ जस्तो लाग्ने, वसु वसु जस्तो लाग्ने
उनी सँगै मनका कुरा, पोखी रहु जस्तो लाग्ने
किन यस्तो हुन्छ हौ राधे मलाई ?"

यी गीतका पंक्तिहरु यतिबेला रेडियो , एफएमहरुमा गुञ्जिरहेका छन । नवगायक ज्योती नेपालको शब्द , संगीत र आवजको त्रिवेणी राधे भाग १ का यो टाइटल  गीतमात्र होईन एल्वमका ६ वटै  गीतहरुले   युवापुस्तालाई संगीतको नयाँ स्वाद दिन सफल भएका छन ।

एउटा युवक जो कसैको प्रेममा डुवेको छ,  उसका हरेक दिनचर्यामा परिवर्तन आएको छ ।

त्यो युवकको अस्थिर मनको भाव कस्तो हुन्छ भन्ने एउटा मीठो कल्पनालाई नवगायक ज्योती नेपालले शब्दमा कथे अनि त्यसैलाई संगीतमा उने र स्वमा भरे ।

झापाको लखनपुर गा वि स २ मा जन्मिएका ज्योती सानै देखि संगीतप्रति अगाद रुची राख्थे । उनको रुचीले अहिले नयाँ मोड लिएको छ ।

पहिलो एलबमले दिएको हौसलाबाट उत्साहित  उनी अब गायन नै व्यावसायिक क्षेत्र बन्न सक्ने अनुमान गर्दैछन । उनी भन्छन-“संगीत सृष्टिकर्ताको एउटा अनुपम वरदान हो, संगीतले सृष्टिका हरेक प्राणीलाई छुन्छ ।”

एल्वममा भएका गीतको भिन्नाभिन्नै प्रसंग र अर्थ रहेको उनी वताउछन । “माग्दिन धन, चाईदैन मन ”वोलको गीतमा कुनै पुरानो साथीले वोलचाल गर्न देखाएको आनाकानी प्रतिको काल्पनिक विषयलाई समेटिएको छ ।

“त्यस्तै सस्तो थिएन मेरो माँया” भन्ने गीतमा प्रेममा पीडा खप्नेको छटपटी अनि “ढल्यो ढल्यो जीवन हेर ”मा कुनै युवकले विना कुनै उपलव्धि नै व्यर्थै जीवन व्यतित गरेको पीडासमेटिएको छ ।

“मुरी पाथी कम भईजाला” मा एक गाउँले युवकको प्रेम प्रस्ताव र “नगर साथी ल्याङ्ग ल्याङ्ग ” मा हाम्रो समाजमा ब्याप्त्त  ल्याङ्ग ल्याङ्ग्े प्रवृत्तिलाई साङ्केतिक व्यग्य यो गीतको माध्यमवाट गरिएको छ  ।

गायक ज्योती नेपाल भन्छन “हामी रहेक क्षेत्रमा ल्याङ्ग ल्याङ्ग्े हरुको सिकार भएको छौ ।

देश, समाज, देश वनाउने नेतागण, हाम्रो ब्यवस्थापिका, कार्यपालीका, न्यायपालीका, अनी कर्मचारीतत्र सवैतिर यहि ल्याङ्ग ल्याङ्गे प्रवृती ब्याप्त रहेको छ  र जवसम्म हामी यो रोगको निदान गर्न सक्दैनौ हामी सधै पछि पर्ने छौ ।”

ज्योती राधे सृङ्खला ल्याउने योजनामा छन । आगामी दिनमा राधेका अन्य भागहरु क्रमस निकाल्दै जाने र सकेसम्म अलगपनको आभास दिने उनको तयारी सुरु भइसकेको छ ।

ग्रामिण विकासमा स्नातकोत्तर सम्मको अध्ययन गरेका उनी जुनसुकै क्षेत्रमा लागे पनि अध्ययन बिनाको कर्म राम्रो नहुने बताउँछन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell