top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

हेमा मालिनी कार दुर्घटनामा घाइते, बालिकाको मृत्यु तस्वीरः एजेन्सी  |  Published: July 3, 2015  |  शुक्रबार 18 आषाढ, 2072  |  2:45 PM  |  Viewed: 51607 times

काठमाडौं, आषाढ १८ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)की सांसद हेमा मालिनी विहीबार सडक दुर्घटनामा परी घाइते भएकी छन् ।

राजस्थानको दौसा जिल्लामा विहीबार राति भएको उक्त कार दुर्घटनामा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् ।

दुर्घटनालगत्तै हेमालाई जयपुरको अस्पतालमा भर्ना गरिएको थियो । उनको नाक र शरीरका अन्य केही भागमा चोट लागेको छ । यद्यपि, उपचारपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

मथुराबाट एक कारमा जयपुर जानेक्रममा उनी दुर्घटनामा परेकी हुन् । उनको कार अनियन्त्रित भएर एक अल्टो कारसँग ठोक्किएको थियो । समाचारका अनुसार अल्टोमा सवार एक बालिकाको मृत्यु भएको हो भने अल्टोमै सवार अरु चार महिला गम्भीर घाइते भएका छन् ।

यसैबीच, शुक्रबार दौसा प्रहरीले हेमा मालिनीको सवारी चालक महेश ठाकुरलाई पक्राउ गरेको जनाइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell