top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपाली म्यूजिक भिडियोमा भारतीय मोडल  |  Published: July 3, 2015  |  शुक्रबार 18 आषाढ, 2072  |  1:39 PM  |  Viewed: 5121 times

काठमाडौं, आषाढ १८ । नवोदित गायक श्याम कार्कीले आवाज दिएको ‘सकिन यो मनलाई ढाँट्न’को म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।

कार्कीको पहिलो एल्बम ‘दुई हजार पन्ध्र’ (२०१५) संग्रहित यस गीतमा राम सिटौलाको शब्द, संगीत रहेको छ । म्यूजिक भिडियोमा भारतीय मोडल रोशनीको अभिनय रहेको छ ।

विभिन्न पन्जाबी, हरियाणी गीत तथा टेलिश्रृंखलाहरुमा अभिनय गरेकी रोशनी ‘सकिन यो मनलाई ढाँट्न’मार्फत् पहिलोपल्ट नेपाली भिडियोमा देखिएकी हुन् । रोशनीसँगै भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् ।

विभोर पोखरेलको निर्देशन रहेको भिडियोमा जीवन थापाको सम्पादन रहेको छ । गायकका रुपमा उदाउनुअघि कार्की मोडलका रुपमा केही नेपाली म्यूजिक भिडियोमा देखिएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell