top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘विश्वभरका समुद्री जीवहरु खतरामा’  |  Published: July 6, 2015  |  सोमबार 21 आषाढ, 2072  |  5:10 PM  |  Viewed: 3541 times

काठमाडौं, आषाढ २१ । अनियन्त्रित कार्बनडाइअक्साइड उत्सर्जनका कारण विश्वभरका समुद्री जीवहरु खतरामा रहेको तथ्य खुलेको छ ।

‘साइन्स जर्नल’मा हालै प्रकाशित तथ्यांकमा महासागरको पानी निकै नै तातिएको र अक्सिजनको कमीका कारण समुद्री जीवहरुको अस्तित्व खतरामा परेको विशेषज्ञहरुले औंल्याएका छन् ।

विश्वभरका २२ जना प्रख्यात वैज्ञानिकहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सन् १७५० पछि उत्पादन गरिएको कार्बनडाइअक्साइड मध्ये ३० प्रतिशत समुद्रले सोसेको जनाइएको छ ।

यही रफ्तार रहने हो भने २५ करोड वर्ष पहिलेको ‘ग्रेट डाईंग’ नामको प्राकृतिक विपत्ति फेरि दोहोरिने वैज्ञानिकहरुले चेतावनी दिएको छ ।

साथै उनीहरुले कार्बनडाइअक्साइडको उत्सर्जनमा कटौती नगर्ने हो भने ६० प्रतिशत समुद्री जीव मर्ने बताइएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell