top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

किन झर्छ आँशु, के छ रहस्य ? गृष्मा राजभण्डारी/ईमेज  |  Published: July 7, 2015  |  मंगलवार 22 आषाढ, 2072  |  10:03 AM  |  Viewed: 10002 times

काठमाडौं, आषाढ २२ । आँशु किन झर्छ ? यो किन हाम्रो शरीरमा हुन्छ ? आँशुले हामीलाई के फाइदा गर्छ ? यस्ता प्रश्नहरु हामी धेरैको मनमा उठ्न सक्छ ।

अर्थात् यो हाम्रो जिज्ञासाको बिषय पनि हो । आँशु भनेको हाम्रो शरीरमा हुने नुनिलो तरल पदार्थ हो ।

हाम्रो आँखालाई कोर्निया नामक एउटा पातलो झिल्लीले घेरेको हुन्छ । आँशुले हाम्रो आँखालाई चिल्लो बनाउन मद्दत गर्छ ।

जसले कोर्नियालाई जोगाउने काम गर्छ । यसले कोर्नियालाई नियमित रुपमा अक्सिजन र पोसिला तत्वहरु पुर्‍याउने काम गर्छ ।

आँखामा पोषक तत्वहरु पनि पुर्‍याउने हुँदा आँशुले हाम्रो देख्ने क्षमतालाई राम्रो पार्न मद्दत पुर्‍याइरहेको हुन्छ ।

आँशु उत्पादन गर्ने हाम्रो ग्रन्थी भने हाम्रो आँखा छोप्ने ढकनीको माथिल्लो भागमा रहेको हुन्छ ।

हरेक पटक हाम्रो आँखा झिम्कँदा त्यहाँबाट आँशु झरेर आँखाभरी छरिने गर्छ ।

यसले हाम्रो आँखालाई ओशिलो बनाउन र आँखा बिजाउने धुलो र अन्य ब्याक्टेरियालाई आँखाबाट हटाउन पनि मद्दत गर्छ ।

आँशुको ग्रन्थीको सानो डक्ट जसलाई न्यासोल्याक्मिरल भनिन्छ त्यो हाम्रो आँखाको माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दूलोसँग जोडिएको हुन्छ । त्यहींबाट आँशु हाम्रो आँखामा पस्ने गर्छ ।

आँखामा आँशु धेरै मात्रामा जम्मा भयो भने पनि हामी राम्ररी आँखा देख्न सक्दैनौं ।

त्यस्तो हुन नदिन आँखामा आँशु आएको केही बेरपछी नै त्यो हाम्रो घाँटीमा झर्ने गर्छ र त्यसलाई हामी निल्ने गछौं । यो प्रक्रिया निरन्तर रुपमा चलिनै रहेको हुन्छ ।

आँशुको केही भाग भने हाम्रो नाकमा पनि आउने गर्छ । त्यसैले कहिलेकांही रुँदा हाम्रो नाकबाट पनि बग्ने गर्छ ।

हाम्रो आँशुमा शरीरले उत्पादन गर्ने बिभिन्न खालको रसायन र हर्मोनहरु हुन्छन् ।

हामी दुःखी वा खुशी हुँदा हाम्रो मस्तिष्क र शरीरले अरु सामान्य अवस्थाभन्दा धेरै काम गर्न थाल्छ । हाम्रो आँखा निकै संवेदनशील हुने गर्छ ।

आँशु नहुँदा सुख्खा भएर आँखाको ढकनीसँगको घर्षणले पनि त्यसमा चोट लाग्न सक्छ ।

आँखालाई त्यस्तो हानीबाट जोगाउन पनि आँशु आउने गर्छ । आँखाको ढकनी बन्द हुने र खोल्ने क्रममा आँखाको छेउमा रहेका नशाहरुलाई उत्तेजित बनाउँछ जसले गर्दा हाम्रो आँसुको ग्रन्थीबाट न्यासोल्याक्मिरल डक्ट हुँदै आँखामा आँशु पस्ने गर्छ ।

आँशु आउने प्रक्रिया हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई हामीले चाहेरपनि कहिल्यै नियन्त्रण गर्न सक्दैनौ ।

तर कहिलेकाँही जानीजानी अत्याधिक रुपमा यसको उत्पादन भने गर्न सक्छौं । (एजेन्सीको सहयोगमा)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell