top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बलिउड नायक शाहिद कपुर लगनगाँठो कस्दै  |  Published: July 7, 2015  |  मंगलवार 22 आषाढ, 2072  |  11:22 AM  |  Viewed: 5112 times

नयाँ दिल्ली, आषाढ २२ । बलिउड नायक शाहिद कपुर आज वैवाहिक बन्धनमा बाँधिदैछन् । मीरा राजपुतका साथ उनको विवाह हुन लागेको हो ।

नयाँ दिल्लीस्थित छतरपुरमा वैवाहिक कार्यक्रम आयोजना गरिएको छ । पारिवारिक सदस्य तथा निकट मित्रहरुलाई विवाहमा आमन्त्रण गरिएको छ । वैवाहिक समारोहमा पाँच सय अतिथी रहनेछन् ।

justify;">वैवाहिक समारोह एउटा फार्म हाउसमा हुँदैछ भने होटल ओबरायमा डिनर पार्टी आयोजना गरिने भएको छ । सोही होटलमा शाहिदका लागि ‘प्रेसिडेन्सियल सुइट’ बुक गरिएको छ ।

रिसेप्शनका लागि भने छुट्टै कार्डको व्यवस्था गरिएको छ । रिसेप्शनमा अधिकांश बलिउडकर्मी सहभागी हुने बताइएको छ । रिसेप्शनको मिति भने अहिले तय भइसकेको छैन । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell