top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन : हरि पराजुली (भिडियो अन्तर्वार्ता)  |  Published: July 19, 2015  |  आईतवार 3 साउन, 2072  |  8:42 AM  |  Viewed: 10677 times

काठमाडौं, आषाढ २३ । निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् ।

पराजुलीले आषाढ १५ गते काठमाडौंको मुलपानीमा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा आफूले ‘महिलामाथि दुब्र्यबहार गरेको’ भनी समाचार सम्प्रेशन गर्दा मिडियाले महिलाहरुको मर्यादाको ख्याल नगरेको बताएका हुन् ।

इमेज च्यानलको साप्ताहिक कार्यक्रममा ‘इमेज संवाद’मा कुरा गर्दै पराजुलीले आफूले उक्त कार्यक्रममा कुनै गलत हरकत नगरेको बताए ।

पराजुलीले रोपाइँ कार्यक्रममा स्थानीय महिलासँग आर्शीवाद लिन गएको दृष्यलाई बढाइ–चढाइ गरेर बाहिर ल्याइएको दाबी पनि गरे । उनले सोक्रममा महिलाहरुमाथि आफूले कुनै दुब्र्यबहार नगरेको र आफ्नो कुनै गलत नियत नभएको पनि बताए ।

आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् । (पूरा अन्तर्वार्ताको लागि भिडियो हेर्नुहोस्)



खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell