top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

यस्ता छन्, संसारमै सबैभन्दा ‘सुरक्षित’ सहर तस्वीरः एजेन्सी  |  Published: July 9, 2015  |  बिहीवार 24 आषाढ, 2072  |  9:52 AM  |  Viewed: 35660 times

काठमाडौं, आषाढ २३ । विश्वका पाँचओटा सहर संसारका सबैभन्दा सुरक्षित सहरमा नामांकित भएका छन् । विश्वका यी यस्ता पाँच सहर हुन्, जहाँ कुनै रेस्टुराँ, होटेल वा पर्यटकीय स्थलमा कुनै सामान बिर्सेमा पनि सुरक्षितपूर्वक फिर्ता पाइन्छ ।

जापानको ओशाका सहर विश्वका सुरक्षित मध्येको एक सहर हो । यहाँका कुनै पनि सार्वजनिक स्थलमा आफ्नो पैसासहितको ब्याग छाडेर घुम्न सकिन्छ भने कुनै पनि रेस्टुराँमा वा व्यापारिक स्थलमा सामान भुलेमा वषौंपछि लिन गएमा सुरक्षित फिर्ता पाइन्छ । न त कुनै चोरी न त डकैती नै ।

त्यस्तै, अर्को सुरक्षित सहर हो, नेदरल्यान्ड्सको एम्स्टरडम । वर्षेनी लाखौं पर्यटक जाने यस सहरमा कुनै पनि पर्यटकको सामान छुटेमा सम्बन्धित व्यक्तिको खोजी गरी जस्ताको तस्तै फिर्ता दिइने गरेको छ ।

दश लाख जनसंख्या रहेको यस सहरका जनता यति सभ्य छन् कि कुनै पनि पर्यटकको सामान छुटेमा आफ्नै खर्चमा सम्बन्धित व्यक्ति बसेको होटेल वा निवाससम्म सामान पुर्‍याउने गर्दछन् ।

त्यस्तै, अर्को सुरक्षित सहर हो, अष्ट्रेलियाको सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो यस सहरमा घुम्न जाने कुनै पनि पर्यटकलाई स्थानीय बासिन्दाले हरतरहको सहयोग गर्दछन् भने कुनै पनि सामान छुटेमा सहजै प्राप्त गर्न सकिन्छ ।

दक्षिण पूर्वी एसियाली सहर सिंगापुर अर्को सुरक्षित सहर हो । कानुन व्यवस्था निकै कडा रहेको सहरमा सुरक्षा अवस्थामा निकै नै कडाइ गरिन्छ ।

सहरको कुनै पनि पर्यटकीय स्थलमा चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ हुनाले पनि पर्यटक सुरक्षित हुनुका साथै पर्यटकका सामान पनि सुरक्षित रहन्छ । त्यहाँ घुम्न जाने जो कोही पर्यटकले ढुक्कका साथ घुम्न सक्नेछन् ।

अर्को सुरक्षित सहर हो, *स्वीडेनको स्टकहोम । निकै नै प्रख्यात यस सहरमा घुम्न गएका कुनै पनि पर्यटकको सामान कहिँपनि छुटेमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याइन्छ । सो सहरमा पुगेका पर्यटकलाई सम्मानका साथ पर्यटकीय स्थलको भ्रमण गराउने गरिन्छ । (एजेन्सी)

 

*यसअघि, स्वीडेन हुनुपर्ने ठाउँमा अन्यथा भएकाले सच्याइएको छ–सम्पादक ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell