top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

सनीले छोड्छ बरु.. (भिडियो)  |  Published: July 9, 2015  |  बिहीवार 24 आषाढ, 2072  |  4:16 PM  |  Viewed: 2594 times

काठमाडौं, आषाढ २४ । नेपाली संगीत फाँटमा संघर्षरत गायक महेश मुखिया सुनुवारको ‘सनीले छोड्छ बरु’ गीतको म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।

महेशको एकल एल्बम ‘प्रमिश’मा समाविष्ट उक्त गीतमा डा. कृष्णहरि बरालको शब्द रहेको छ भने राजु सिंहले संगीत भरेका छन् ।

नीवन गुरुङले खिचेको ‘सनीले छोड्छ बरु’ गीतको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गायक महेशको यसअघि ‘त्यो पारी गाउँको’, ‘केही दिनमा टाढा हुँदैछु’, ‘माथि माथि लेकमा’ जस्ता गीतहरु संगीत पारखीले रुचाएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell