top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘रअ’ एजेन्ट हुन पाएकोमा सोनाक्षी मख्ख  |  Published: July 12, 2015  |  आईतवार 27 आषाढ, 2072  |  10:42 AM  |  Viewed: 5730 times

मुम्बई, आषाढ २७ । भारत सरकारको गुप्तचरसम्बन्धी मूख्य निकाय ‘रअ’ को एजेन्ट हुन पाएकोमा बलिउड नायिका सोनाक्षी सिन्हा निकै मख्ख परेकी छन् । उनी ‘रियल लाइफ’ मा नभएर ‘रिल लाइफ’ मा ‘रअ’ को एजेन्ट बन्दैछिन् ।

सोनाक्षीले शनिबार ट्वीटरमार्फत आफ्नो खुशी प्रकट गर्दै लेखेकी छन्, ‘तपाईहरुका लागि मसँग एउटा खबर छ, मेरो आगामी चलचित्र फोर्स–२ का लागि म रअको एजेन्ट बन्दैछु, यो भूमिकाप्रति म निकै उत्सुक छु ।’

यो चलचित्र सन् २०११ मा प्रदर्शित ‘फोर्स’ को सिक्वल हो । फोर्समा जोन अब्राहम र जेनेलिया डिसुजाको मूख्य भूमिका थियो ।

‘फोर्स–२’ मा पनि जोनलाई नै अभिनेताका रुपमा लिइएको छ । अभिनेतृमा भने सोनाक्षीले मौका पाएकी छन् ।

‘फोर्स’ कै निर्माता विपुल शाहले ‘फोर्स–२’ को निर्माणसम्बन्धी जिम्मेवारी सम्हालेका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell