top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

कसरी गरियो विमानको आविष्कार ? यस्तो छ तथ्य  |  Published: July 12, 2015  |  आईतवार 27 आषाढ, 2072  |  10:35 AM  |  Viewed: 15642 times

काठमाडौं, आषाढ २७ । आकाशमा उड्ने कल्पना कहिलेदेखि गरे होलान् र प्रयोगात्मक रुपमा कसले सर्वप्रथम उड्न सक्ने मानव निर्मित बस्तुको कल्पना गर्‍यो होला भन्ने वास्तविकता आजसम्म खुलेको छैन ।

त्यसैले आधुनिक भौतिक बिज्ञानले ओर्भिल राइट र विल्भर राइटलाई इन्जिनियर सहितको बिमानको बिकास गर्ने प्रथम अन्वेषक हुन् भनेर मानेको छ ।

साथै यी प्राविधिक दाजुभाजुलाई बिमानका पिता मानिएको छ । यी दाजुभाईले सन् १९०३ को डिसेम्बरमा पहिलो उडान गरेका हुन् । ओर्भिल र विल्भर कुशल प्रयोगकर्ता हुन् ।

उनीहरु राम्रा साइकल मेकानिक पनि मानिन्थे । १७ डिसेम्बर सन् १९०३ मा क्यारोलिनाको किटिट हकको परीक्षणले राइट दाजुभाईलाई एउटा हौसला थपिदियो ।

८ अक्टोबर १९०८ मा फ्रान्समा विल्भरले आफनो बिमान फ्लायरलाई उडाए पछी मात्र मानिसलाई आकाशमा उड्न सकिन्छ भन्ने आशा पलाएको मानिन्छ ।

हावाको चापको भिन्नता कै कारण बिमान उड्न सक्ने प्रमुख कारण हो ।

आधुनिक बिमानको द्रुत गति समयको प्रति एकाइमा नाप्न बिश्वभरि नयाँ विधी प्रयोग गरिएको छ ।

दु्रत गतिको बिमानले प्रतिघण्टा पार गर्ने दुरी अधिक हुनेहुँदा मिटर, किलोमिटर र माइलको ठाउँमा म्याच आएको छ ।

एक म्याच प्रतिघण्टाले ७ सय २९ दशमलव १ सय ६६ माइल अर्थात ११ सय ७३ दशमलव ४ सय ३७ किलोमिटर जनाउँछ ।

नोभेम्बर १६ सन् २००४ मा नासाले परीक्षण गरेको बिमान एक्स ४३ को गति प्रतिघण्टा ७ हजार माइलको थियो ।

अमेरिकाले यही बिमानलाई बिश्वको सबैभन्दा छिटो उड्ने भनी दाबी समेत गरेको थियो । एक्स ४ लाई धावनमार्गबाट नभई बी ५२ बिमानबाट उडाइएको थियो ।

यद्दपी यसलाई हालसम्म जमीनबाट भने उडाउन सकेको छैन । छिटो उड्ने बिमानमा लकहिड कम्पनीले बिकास गरेको एसआर ७१ बिमानको चर्चा चल्ने गर्छ ।

यो बिमान कालो चरा अर्थात ‘ब्ल्याक बर्ड’ को नामबाट सन् १९६४ डिसेम्बर २२ मा पहिलोपटक परीक्षण गरेको थियो ।

बिज्ञान र प्रविधिको विकाससंगै नयाँ नयाँ कम्पनीका नयाँ–नयाँ बिमानहरु निर्माण गरिएका छन् जसका कारण हामी संसारको कुनै पनि कुनामा पुग्न सक्छौ । –एजेन्सी
 




खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell