top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

इमेज च्यानलले पायो विशेष सम्मान, नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड  |  Published: July 13, 2015  |  सोमबार 28 आषाढ, 2072  |  2:50 PM  |  Viewed: 1397 times

काठमाडौं, आषाढ २८ । टेलिभिजन कलाकर्मी मञ्च नेपालले नेपालका विभिन्न टेलिभिजनकर्मीलाई सम्मान गरेको छ । मञ्चले नेपालका विभिन्न टेलिभिजनका कार्यक्रम सञ्चालक तथा कार्यक्रमलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपालमा टेलिभिजनको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका अभिनेता तथा निर्देशक नीर शाहलाई सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरे ।

यस्तै, मञ्चले इमेज च्यानलकी गृष्मा राजभण्डारी, न्यूज २४ का प्रेम बानियाँ, नेपाल टेलिभिजनकी आरती चटौतलाई विशेष सम्मान गरेको छ ।

यसैगरी, राष्ट्रिय टेलिभिजन विशेष सम्मान इमेज च्यानललाई प्रदान गरियो । इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले विशेष सम्मान ग्रहण गरेका थिए ।

यसैगरी, भूषण दाहाल, केसी क्रिएसन, पारिजात फिल्मस, आमा सरस्वती मुभिज र रजतपट कार्यक्रमलाई विशेष सम्मान प्रदान गरियो ।

कार्यक्रममा विभिन्न टेलिभिजनका कार्यक्रमलाई ‘प्रोत्साहन पुरस्कार’ पनि प्रदान गरियो । इमेज टेलिभिजनको उकाली ओराली, एबीसीको डायल १००, माउन्टेनको टोल–टोलमा, सगरमाथाको तेस्रो आँखा, न्यूज २४ को आमा, नेपाल टेलिभिजनको हाकाहाकी र टिभी फिल्मीको फिल्मी बहसलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell