top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नायक दिक्पाल क्रिकेट प्रशिक्षणमा व्यस्त  |  Published: July 14, 2015  |  मंगलवार 29 आषाढ, 2072  |  2:12 PM  |  Viewed: 2556 times

काठमाडौं, आषाढ २९ । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता जनाइरहेको समयमा नायक दिक्पाल कार्की पनि क्रिकेटको प्रशिक्षण लिइरहेका छन् ।

उनी कलाकारिता छाडेर खेल जीवनमा प्रवेश गर्न भने क्रिकेटको प्रशिक्षण लिइरहेका होइनन् । आफ्नो आगामी चलचित्र ‘च्याम्पियन’ का लागि उनले क्रिकेटको प्रशिक्षण लिएका हुन् ।

उनी चलचित्र ‘च्याम्पियन’मा मूख्य भूमिका निर्वाह गर्दैछन् । चलचित्रमा उनले क्रिकेटरको भूमिका निर्वाह गर्नुपर्ने भएकाले नै उनी क्रिकेटबारे जानकारी लिन प्रशिक्षणमा व्यस्त भएका हुन् ।

बीबी फुयाँलले निर्देशन गर्ने ‘च्याम्पियन’ दिक्पालको अभिनय यात्राको दोस्रो चलचित्र हो । यसअघि उनले शम्भु प्रधानको ‘रंग बैजनी’मा मूख्य भूमिका निर्वाह गरेका थिए ।
डेकमणि पोखरेलको निर्माण रहने यस चलचित्रमा नायिकाको भने टुंगो लागिसकेको छैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell