top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

म कसैसँग प्रेममा छैन : जस्टिन बिबर  |  Published: July 17, 2015  |  शुक्रबार 1 साउन, 2072  |  11:01 AM  |  Viewed: 2128 times

लस एन्जलस, श्रावण १ । विश्व प्रख्यात पप गायक जस्टिन बिबरले कुनै महिलासँग आफ्नो प्रेम सम्बन्ध नरहेको बताएका छन् ।

‘इन्टरभ्यू’ म्यागजिनलाई अन्तरवार्ता दिदैं उनले आफ्ना प्रशंसकमा महिला धेरै भए पनि कुनै महिलासँग प्रेम सम्बन्ध नरहेको बताएका हुन् । उनले भनेका छन्, ‘म सिंगल नै छु ।’ गायिका–नायिका सेलेना गोम्जसँगको सम्बन्धमा निकै उतारचढाव झेलेका बिबर केही समय यता सेलेनासँग दुरी बढाएका छन् । हाल उनीहरुबीच कुनै प्रकारको सम्बन्ध नरहेको बताइन्छ ।

२१ वर्षीय बिबरले अन्तरवार्तामा भनेका छन्, ‘ठूलो संख्यामा महिला आफ्नो प्रशंसक भएकोमा म भाग्यमानी महसुस गरिरहेको छु ।’ (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell