top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

अन्तरीक्षमा कसरी पुग्यो पहिलो पटक जीव ?  |  Published: July 17, 2015  |  शुक्रबार 1 साउन, 2072  |  4:32 PM  |  Viewed: 9261 times

काठमाडौं, श्रावण १ । दोस्रो बिश्वयुद्धपछि अमेरिका र रुसबीच अन्तरीक्ष अनुसन्धानमा आफ्नो सर्वोच्चता कायम गर्ने होडबाजी नै चलेको थियो ।

यसै क्रममा रुसले मानव इतिहांसमै सवैभन्दा पहिले अक्टोवर ४ सन् १९५७ मा स्पुत्निक १ नामक कृत्रिम भू उपग्रह अन्तरीक्षमा पठाई अन्तरीक्ष यात्राको ढोका खोलेको हो ।

justify;">शीतयुद्धकालीन त्यस समयमा अन्तरीक्षमा समेत सर्वोच्चता कायम गर्न खोजिरहेको शक्तिराष्ट्र अमेरिकाको कट्टर प्रतिस्पर्धीको रुपमा रहेको रुसले अन्तरीक्ष यात्राको दौडमा आफ्नो सर्वोच्चता स्थापित गरेको थियो ।

स्पुत्निक १ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गराएपछी रुसले अन्तरीक्षमा जीवलाई नै पठाउने महात्वाकांक्षी योजनालाई अघि सार्‍यो ।

जस अन्तर्गत अन्तरीक्षमा पहिले जीव पठाउने र त्यसमाथि अन्तरीक्षमा पर्ने प्रभावहरुको अध्ययन गर्ने सोच बनायो र अन्तरीक्षमा कुकुर पठाउने निधो गर्‍यो ।

कुकुरलाई पठाउने निर्णयसंगै रुसी बैज्ञानिकहरुले तीनवटा कुकुरहरुलाई त्यस अनुकुलको तालीम प्रदान गरे । ती कुकुरहरु हुन् अल्बिना, मुश्का र लाइका ।

यसअघि ती मध्ये अल्बिना हाइअल्टिच्युटले जीवमा पर्ने असरबारे अध्ययन गर्न गरिएका उडानहरुमा दुई पटक प्रयोग भइसकेको थियो भने मुश्कालाई पनि उडानका क्रममा प्रयोग हुने बिभिन्न उपकरण सम्बन्धी र जीवनप्रतिरक्षा प्रणाली सम्बन्धी प्रयोगमा उपयोग गरिएको थियो ।

उनीहरुलाई स्पुत्निक २ को सानो खोरमा राखिएको थियो । त्यस खोरमा राखिएको अवस्थामा उनीहरुलाई अन्तरिक्ष यात्राको क्रममा भोग्नु पर्ने तीब्र गतिको दबाब र त्यसले पैदा गर्ने ध्वनिसंगको मिल्दोजुल्दो वातावरणमा राखी त्यसका लागि अभ्यस्त बनाइएको थियो ।

यसरी अन्तरीक्षमा पठाउनका लागि रुसले तीन वटा कुकुरलाई प्रशिक्षित गरेको थियो । यद्दपी अन्तमा छानियो ३ बर्षको कुकुर लाइका । लाइका रुसको राजधानी मस्कोको गल्लीमा घुमिरहने भुस्याहा कुकुर थियो । लाइका राखिएको स्पुत्निक २ संगै प्रक्षेपण गरियो नोभेम्बर ४ सन् १९५७ मा । लाइकाको अन्तरीक्ष यात्रा बिज्ञानको इतिहाँसमा ठूलो घटना थियो । त्यसैले लाइका रातारात विश्व चर्चित बन्यो ।

अन्तरीक्षमा मानिस पठाउन सम्भव छ वा छैन ? पृथ्वीको कक्षमा यान पठाउँदा त्यसमा सवार मानव बाँच्न सक्छ कि सक्दैन ? भारहीनताले मानिसमा कस्तो प्रभाव पार्न सक्छ भन्ने जस्ता कुराहरुको तथ्य पत्ता लगाउन लाइकामाथि परिक्षण गरिएको थियो ।

यद्दपी अन्तरीक्षमा पुग्नु अघि लाइकाको मुटुको गति तीन पटकसम्म असामान्य रुपमा बढेकै बेला यान पृथ्वीको कक्षमा प्रवेश गर्ने क्रममा त्यसको उच्चताप नियन्त्रण गर्ने प्रणालीमा गडबडी आएपछी लाइका राखिएको कक्षमा तापमान बढ्न गई लाइका मर्‍यो ।

लाइकामाथि गरिएको अध्ययन अनुसन्धानको आधारभूमी पछि रुसले पहिलो पटक अन्तरीक्षमा मानिस पठाउने सफलता प्राप्त गरेको मान्यता छ । यता लाइकाको नाममा रुसका बिभिन्न शहरहरुका प्रतिमा बन्नुका साथै रुसको हुलाक टिकटमा समेत लाइकाको तस्वीर राखियो । –एजेन्सी

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell