top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

जुम्बा नृत्यमार्फत विश्व कीर्तिमान  |  Published: July 19, 2015  |  आईतवार 3 साउन, 2072  |  12:01 PM  |  Viewed: 1672 times

काठमाडौं, श्रावण ३ ।  फिलिपिन्सको मण्डालुयोङ शहरमा भएको जुम्बा नृत्यको भव्य सहभागिताले विश्व कीर्तिमानी कायम गरेको छ ।

विगतको जुम्बा नृत्य सहभागितालाई उछिन्न तथा विश्व कीर्तिमानीका लागि आयोजना गरिएको नृत्यमा १२ हजार ९ सय ७५ जना सहभागी भए ।

यसअघि भएको जुम्बा नृत्यमा ८ हजार २ सय ३२ को सहभागिता थियो । उत्साहपूर्ण रुपमा नृत्यमा सहभागि हुँदै स्थानीयले फिलिपिन्स र मण्डालुयोङ शहरको नाम उच्च राख्न सहयोग मिलेको बताए ।

४ हजार ७ सय ४३ को फराकिलो अन्तरले सहजै नयाँ विश्व कीर्तिमान बनेको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि एलन पिक्स्लेले नयाँ विश्व कीर्तिमानको घोषणा गरे ।

गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र शहरका मेयर बेन्हुर अबालोसले प्राप्त गरेका छन् । -एजेन्सी

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell