top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

आमा बन्न हतार छैन : करिना  |  Published: July 21, 2015  |  मंगलवार 5 साउन, 2072  |  8:29 AM  |  Viewed: 4647 times

मुम्बई, श्रावण ५ । बलिउड अभिनेत्री करिना कपुरले आमा बन्न आफूलाई हतार नलागेको बताएकी छन् ।

बलिउड अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी करिनाले कम्तीमा अझै २/३ वर्ष आमा बन्नका लागि आफूले नसोचेको बताइन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनल भनिन्, ‘आमा बन्नेबारे मैले कुनै योजना बनाइसकेको छैन तर एक दिन अवश्य म आमा बन्नेछु ।’

हालै प्रदर्शित आफ्नो चलचित्र ‘बजरंगी भाइजान’को प्रारम्भिक सफलताबाट उत्साहित भएकी करिनाले तत्कालका लागि आफूले अभिनयलाई मात्र महत्व दिएको बताइन् ।

विवाहपछि पनि लगातार अभिनय क्षेत्रमा सक्रिय हुँदै आएकी ३४ वर्षीय करिनाले पाँच वर्षसम्मको प्रेम सम्बन्धपछि सैफसँग विवाह गरेकी हुन् ।

करिनाले आमा बन्न हतार नभएको बताए पनि सैफलाई त्यसले खासै फरक पार्ने छैन । किनकी सैफका दुई सन्तान छन् । पूर्व पत्नी अमृता सिंहको कोखबाट जन्मिएका एक छोरा र एक छोरीका साथ सैफ पिता भइसकेका छन् ।

करिनाले सैफका छोराछोरीको पनि प्रशंसा गरिन् । उनले भनिन्, ‘सारा निकै जेहन्दार छिन्, कलेजमा उनको पढाई राम्रो छ, इब्राहिम पनि उत्तिकै परफेक्ट छ ।’ (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell