top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

सरकारको विरोध गर्ने चिनियां कलाकारको पासपोर्ट फिर्ता  |  Published: July 23, 2015  |  बिहीवार 7 साउन, 2072  |  7:54 AM  |  Viewed: 2627 times

काठमाडौं, श्रावण ७ । सरकारको विरोध गरेकै बहानामा पासपोर्टसमेत जफत गरिएका चिनियाँ कलाकार आई वेवेको पासपोर्ट चीन सरकारले चार वर्षपछि फिर्ता गरेको छ ।

पासपोर्ट पाएलगत्तै कलाकार आइले जर्मनीको भ्रमण गर्ने जानकारी दिएका छन ।  जहाँ उनका छोरा रहेका छन् ।

५७ वर्षीय कलाकार आईले सरकारले फिर्ता दिएको पासपोर्टको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेका छन् ।

सन् २०११ मा बिना आरोप ८१ दिनसम्म हिरासतमा राखिंदा आईको पासपोर्ट सरकारले कब्जामा लिएको थियो ।

यसैबीच, लण्डनको रोयल एकेडेमी अफ आर्टस्ले आईले आगामी सेप्टेम्बरमा लण्डनमा आफ्नो कलाको एकल प्रदर्शनी गर्ने जनाएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell