top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

‘कथावस्तुमा कमजोर छन् नेपाली चलचित्र’  |  Published: July 24, 2015  |  शुक्रबार 8 साउन, 2072  |  11:33 AM  |  Viewed: 1155 times

काठमाडौं, श्रावण ८ । ‘आठौं नेफ्टा फिल्म अवार्ड’का लागि उत्कृष्ट पाँच विधामा मनोनयन गर्न छनोट समितिले चलचित्र हेर्ने काम सकिएको छ ।

नेपाल चलचित्र प्राविधिक संघ र अन्तरर्राष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा आयोजना हुन लागेको अवार्डका लागि करिब ४७ वटा चलचित्र हेरेर समितिले उत्कृष्ट पाँचलाई चयन गर्ने भएको हो ।

समितिले बिहीबार चलचित्र हेर्ने काम सकेको हो । साउन १५ गते नेफ्टाले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ ।

अवार्ड वितरण कार्यक्रम भने बकर इदको दिनमा कतारमा आयोजना हुनेछ । अवार्डका लागि चलचित्र छान्नका लागि गठित समितिमा नारायण पुरी, भरत शाक्य, विशेष श्रेष्ठ, विरेन्द्र हमाल, रक्षा सिंह राणा र करुण थापा छन् ।

चलचित्र हेरिसकेपछि उनीहरुले नेपाली चलचित्रका कथावस्तु, सम्वाद पक्ष निकै कमजोर रहेको प्रतिक्रिया दिएका छन् । अझै पनि लेखन, कथावस्तु, पटकथामा निकै कमी कमजोरी देखिएको भरत शाक्यले बताए ।

पुराना भन्दा नयाँ कलाकारको अभिनयशैली राम्रो रहेको उनी बताउँछन् ।

अवार्डका लागि हरेक विधामा छुट्टाछुट्टै मापदण्ड बनाएर मूल्यांकन गरिएको बताइएको छ ।

साउन १५ गते मनोनयन सार्वजनिक गरेपछि अवार्डको अन्य तयारी थालिने आयोजकले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell