top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘जुरासिर्क पार्क’ विश्वकै तेस्रो सर्वाधिक कमाउने चलचित्र  |  Published: July 24, 2015  |  शुक्रबार 8 साउन, 2072  |  1:05 PM  |  Viewed: 5171 times

लस एन्जलस, श्रावण ८ । हलिउड चलचित्र ‘जुरासिक पार्क’ को चौथो संस्करण ‘जुरासिक वर्ल्ड’ले आम्दानीको हिसाबमा विश्वकै तेस्रो स्थानमा आफूलाई उभ्याएको छ ।

आम्दानीको हिसाबले यो विश्वकै तेस्रो सर्वाधिक कमाउने चलचित्र बनेको छ । हालसम्म ‘जुरासिक वर्ल्ड’ चलचित्रले डेढ विलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरिसकेको छ ।

क्रिस प्राटको मूख्य भूमिका रहेको यो चलचित्रले अहिले पनि विश्वका विभिन्न मुलुकमा राम्रो प्रदर्शन गरिरहेको बताइन्छ ।

कमाईका दृष्टिले हलिउड चलचित्र ‘अवतार’ विश्वकै नम्बर एकमा रहेको छ । सो चलचित्रले २.७ विलियन डलर कमाइसकेको छ । दोस्रो स्थानमा रहेको टाइटानिकले २.१ डलर कमाएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell