top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

यसरी रहयो चार करोड ७० लाख बर्ष पुरानो जीवावशेषको नाम  |  Published: July 28, 2015  |  मंगलवार 12 साउन, 2072  |  1:17 PM  |  Viewed: 9372 times

काठमाडौं, श्रावण १२ । बैज्ञानिकहरुले हालै मानव पुर्खासंग नाता भएको करिब ४ करोड ७० लाख बर्ष पुरानो जीवावशेषलाई त्यसका अनुसन्धानधाता डा.जोर्न हुरुमकी छोरी ईडाको नामबाट इडा भनी नामाकरण गरिएको छ ।

यसअघिसम्म पूर्वी अफ्रिकामा फेला पारेको लुसी नामको मानव जीवावशेष नै सबैभन्दा पुरानो मानव  पुर्खाको रुपमा मानिंदै आएको थियो ।

जर्मनीको फ्रांकफर्टनजिकको खानीबाट सन् १९८३ मा एक सौखिनले संकलन गरी राखेको जीवावशेष करिब ९८ प्रतिशत पूर्ण कंकालको दुई बर्षसम्मको अध्ययनपछि गत मे महिनाको अन्त्यतिर इडाको वास्तविकता बाहिर प्रकाशनमा ल्याएको थियो ।

जीवको उत्पति र बिकासबारे विकासबादी सिद्धान्त प्रतिपादन गरी उन्नाइसौं शताब्दीमा महान बैज्ञानिक चाल्र्स डार्बिनले तहल्का मच्चाएका थिए ।

बिकासबादी सिद्धान्तअनुसार सबै जीवहरु उद्बिकासको प्रक्रियाबाट अति सरल किसिमको जीवबाट क्रमिक रुपमा बिभिन्न कालखण्डमा एकपछि अर्को गरी क्रमश बिकास भएका छन् ।

अरबौं बर्ष पहिलेको पृथ्वीको बिशिष्ट वातावरणमा खास गरी रासायनिक तत्वहरुको प्रतिक्रियाबाट जीवनको सृष्टि भयो र जीवनको त्यो सरल रुप नै उदबिकासको प्रक्रियाबाट जटिल जीवहरुमा रुपान्तरण भई पछिल्लो समयमा बिकसित जीवको रुपमा मानवको पदापर्ण भएको हो ।

डार्विनको जीवहरुमा प्रजातिहरुको उत्पति प्रकृतिको छनौटको सिद्धान्त अन्तर्गत हुने कुरा बताएका छन् । डार्बिनको कार्यबाट जीवशास्त्रमा युगान्तकारी क्रान्ति नै भयो । सबैजसो जीवशास्त्रीहरुले प्रजातिहरुको उत्पतिबारे डार्बिनको बिचारलाई पछ्याउने गरेको बुझिएको छ ।

डार्बिनको के बिचार छ भने उद्बिकासको क्रमबाट एउटै पुर्खाबाट अपुच्छ बाँदर र मानव प्रजातिको बिकास भयो । त्यसअनुसार डार्बिनपछाडिका जीवशास्त्री तथा मानवशास्त्रीहरुले जीवावशेषहरुको अध्ययनका लािग जमिन उत्खनन् गर्दै आएका छन् । त्यही क्रममा उनीहरुले लाखौं बर्ष पुरानो आदिमानवका थुपै्र जीवावशेषहरु फेला पारेका छन् । यस क्षेत्रमा आजको बिज्ञान धेरै बिकसित भइसकेको छ ।

तर उनीहरुले मानव प्रजातिको इतिहासमा स्तनधारी जन्तुबाट मानव पुर्खामा उक्लन सेतुको रुपमा काम गर्ने जन्तु कुन हो र त्यो कस्तो खालको छ भन्ने भन्न सकेको थिएन । किनकि यसअघिसम्म सबैभन्दा पुरानो मानव पुर्खाको रुपमा लुसी सम्मको मात्र जीवावशेष पत्ता लगाउन सकिएको थियो ।

तर भरखर प्रस्तुत गरिएको इडाले त्यो सेतुको भूमिका खेल्न सक्ने दाबी अनुसन्धानदाता डा जोन हुरुमको रहेको छ । त्यसैले इडाले मानव उद्बिकासको छुटेको शृंखला पूरा गर्न सक्ने देखिन्छ । यद्यपी यो बिचार जीवशास्त्री तथा मानवशास्त्रीहरुबीच अहिले नै सर्वस्वीकार्य भने भइसकेको छैन ।

इडाको कंकाललाई अध्ययन गरिरहेक नर्वेली बैज्ञानिक डा जोन हुरुमको नेतृत्वको बैज्ञानिक टोलीका अनुसार इडा करिब १० महिनाकी अमेरिकी बालिका थिइन् । उनको आजभन्दा ४ करोड ७० लाख बर्ष पहिले ज्वालामुखीको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

ज्वालामुखीको दलदलमा फसेको कारणले उसको अवशेष करौडौं बर्षसम्म पनि सुरक्षित भइरह्यो । ९८ प्रतिशत कंकाल सुरक्षित रहेको इडाको जीवावशेष नै अहिलेसम्मको सर्वाधिक पूर्ण सुरक्षित मानव पुर्खासंग सम्बन्धित जीवावशेष भएको बैज्ञानिकहरु बताउँछन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell