‘प्रेमगीत’का लागि पुजाले पाईन् नयाँ हिरो गोबिन्द मरासिनी/ईमेज | Published: July 30, 2015 | बिहीवार 14 साउन, 2072 | 11:10 AM | Viewed: 1415 times
काठमाडौं, साउन १४ । नयाँ चलचित्र‘प्रेमगीत’का लागि हिरोको खोजीमा रहेको प्रेमगीत टोलीले प्रदिप खड्कालाई चयन गर्दै शुक्रबारदेखि फ्लोरमा जाने भएको छ ।
प्रदिपलाई ‘प्रेमगीत’ का लागि नायक फाईनल गरिएको चलचित्रका निर्माता सन्तोष सेन ठकुरीले बताए। यस फिल्ममा खड्का ‘प्रेम’को भूमिकामा देखिनेछन्
भने नायिका पूजा शर्माले ‘गीत’ बनेर जोडी बाँध्नेछिन् ।
फिल्ममा प्रदिप र पूजाका अलावा हालै अमेरिकाबाट फर्किएका सरोज खनाल र रूपा रानाको पनि अभिनय गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नायक अडिसनबाट खाजी गरिएको थियो ।
चलचित्रलाई‘चंखे शंखे पंखे’ का निर्देशक तथा नायक सुदर्शन थापाले नै निर्देशन गर्नेछन् भने यसको निर्माण पनि चंखे कै निर्माता सन्तोष सेनले गर्नेछन्। सन्तोषको पहिलो चलचित्र ‘चंखे शंखे पंखे’ प्रदर्शनको तयारीमा छ ।