top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive

‘मिगमी मेघा मोडल’को पोखरा अडिसनबाट ९ जना छनोट  |  Published: August 3, 2015  |  सोमबार 18 साउन, 2072  |  5:40 PM  |  Viewed: 1672 times

पोखरा, श्रावण १८ । मोडलिङ क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो इभेन्ट ‘मिगमी मेघा मोडल सिजन–थ्री’को अडिसन पोखरामा सम्पन्न भएको छ ।

इमेज च्यानलद्धारा आयोजित प्रतियोगिताका लागि पोखराबाट ९ जना मोडललाई छनोट गरिएको छ । अडिसनमा विभिन्न ठाउँबाट आएका करिब ७० जना प्रतियोगिताको सहभागिता थियो ।

मोफसलमा रहेर मोडलिङ गर्दै आएकाहरुको पहुँच होस् भन्ने हेतुले इमेज च्यानलले तेस्रो संस्करणको अडिसनका लागि पोखरासम्म आइपुगेको हो ।

निर्णायकमा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर किशोर कायस्थ, नायिकासमेत रहेकी भलिबल खेलाडी सिपोरा गुरुङ थिए । होटल बाराही, जक्सन डटकम, साइबरसंसार डटकमले सहयोग गरेका थिए ।

मिगमी सिजन–थ्रीकोे उपाधि विजेताले २ लाख नगदसहित बैंकक टुर पाउने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell